अवैध सामान सहित ट्रक नियन्त्रणमा
२०८३-०२-२७
- A
- A-
- A+
१.
सर्लाही, बागमति
नगरपालिका १२ कर्मैया चेकपोष्टबाट अन्दाजी रु. ४५,४३,७१८ (पैतालिस लाख त्रिचालिस हजार सात सय अठार) मुल्य बराबरको बिल
बिजक भन्दा फरक भएको मेडिसिन, टायर,
स्पेर्यस पाटस,ड्रम वायर र हाडवेयर
लगायतको खुद्रा सामानहरु सहित ना ८ ख ५७०२ नं. को डब्बा (ट्रक) मंगलबार बिहान
प्रहरीले नियन्त्रणमा लिएको छ । इलाका प्रहरी कार्यालय कर्मैयाको प्रहरीको टोलिले बिराटनगरबाट कास्की तर्फ जाँदै गरेको डब्बा रोकी
चेकजाँच गर्दा बिलबिजक शंकास्पद भएका सामानहरु फेला
पारी उक्त सामानहरु सहित डब्बा नियन्त्रणमा लिई आवश्यक अनुसन्धान तथा कारवाहीको
लागि राजश्व अनुसन्धान कार्यालय पथलैया, बारामा पठाइएको छ ।