अवैध लागूऔषध (ब्राउनसुगर) सहित एक जना मानिस पक्राउ
२०८०-०६-०७
- A
- A-
- A+
सिरहा,
मिति २०८०।०६।०६ गते अ. ०९:४५ बजेको समयमा जिल्ला सिरहा गोलबजार नगरपालिका वडा नं.
६ लक्ष्मी मन्दिर स्थित ऐ. ऐ. बस्ने वर्ष ३६ को राम एकवाल गिरीको घरमा लागुऔषध
ब्राउनसुगरको कारोबार भइरहेको भनी गोप्य सुचनाको आधारमा ई.प्र.का. गोलबजार सिरहाबाट
प्रहरी निरीक्षकको कमाण्डमा ५ जनाको टोली खटिगइ निजको घर खानतलासी गर्दा निज
रामएकवाल गिरीको सुत्ने कोठामा २ थान थालमा कालो प्लाष्टिकको २ वटा पोका बनाई
राखेको लागुऔषध (ब्राउनसुगर) जस्तो देखिने खैरो पदार्थ तौल गर्दा ५०० मिलिग्राम
फेला पारी रितपुर्वक बरामद गरी लागुऔषध (ब्राउनसुगर) सहित निजलाई नियन्त्रणमा लिई ई.प्र.का.
गोलबजार सिरहाबाट थप अनुसन्धान कार्य भइरहेको ।