प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

लागु औषध चरेश र मोटरसाईकल सहित एक जना मानिस पक्राउ

२०८०-०६-०८

  • A
  • A-
  • A+
Share

लागु औषध चरेश र मोटरसाईकल सहित एक जना मानिस पक्राउ

पर्सा, विशेष सूचनाको आधारमा मिति २०८०।०६।०७ गते अं.१४:४५ बजेको समयमा जिल्ला पर्सा जिराभवानी गाउँपालिका वडा नं.१ गम्हरिया स्थित सडकखण्डमा लागु औषध नियन्त्रण ब्यूरो शाखा कार्यालय वीरगञ्ज तथा जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको संयुक्त टोलीले सुवर्णपुरबाट वीरगञ्जतर्फ आउँदै गरेका ना.६१प ९७०० नम्बरको निलो साईन मोटरसाईकललाई रोकी कानूनी रीतपुर्‍याई खानतलासी गर्दा जिल्ला पर्सा ठोरी गाउँपालिका वडा नं.४ विजयबस्ती बस्ने वर्ष ३४ को क्षेत्र बहादुर श्रेष्ठले उल्लेखित नम्बरको मोटरसाईकलको पछाडी सिटमा एउटा सेतो बोराभित्र टेपले र्‍यापिङ गरी प्रति प्याकेट ५०० ग्रामका दरले ६४ प्याकेटमा जम्मा ३२ के.जी.लागु औषध चरेश फेला परेको हुँदा ना.६१ प ९७०० नम्बरको मो.सा.र उल्लेखित लागु औषध सहित निज क्षेत्र बहादुर श्रेष्ठलाई नियन्त्रणमा लिइ जि.प्र.का. पर्सामा ल्याइ लागु औषध सम्बन्धी कसूरमा थप अनुसन्धान कार्य भैरहेको ।

पक्राउ विवरण

 

) अभियुक्त:- क्षेत्र बहादुर श्रेष्ठ

उमेर:- ३४ वर्ष           

ठेगाना:-जि.पर्सा ठोरी गा.पा.वडा नं.४

पक्राउ मितिः- २०८०।०६।०७ गते ।

मुद्दा शिर्षकः- लागु औषध सम्बन्धी कसूर

बरामद लागु औषधः- चरेश ३२ के.जी.

सम्बन्धित समाचार
लागू औषध सहित मानिस नियन्त्रणमा
२०८१-०५-२१

१.     रौतहट, गौर नगरपालिका ८ बसपार्क स्थितबाट लागू औषध Cocas Dx 100 ml को १० बोतल, Cocas Dx 60 ml को १ बोतल र Nitravet 10 लेखिएको ५ पत्तामा ७५ पिस ट्याब्लेट सहित गरुडा नगरपालिका ४ बस्ने वर्ष २० को संजय कुमार उपाध्यायलाई बिहीवार बेलुका प्रहरीले नियन्त्रणमा लिएको छ । अस्थाई प्रहरी पोष्ट बसपार्कबाट खटिएको प्रहरी गस्ती टोलीले चेक जाँच गर्ने क्रममा निजलाई उक्त लागू औषध सहित नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । २.     सर्लाही, पर्सा गाउँपालिका ३ स्थितबाट लागू औषध ONEREX -100 ml को बोतल थान- २०१ सहित जिल्ला सर्लाही हरिवन नगरपालिका ९ बस्ने बर्ष २४ को धर्मेन्द्र राउतलाई बिहिवार दिउँसो प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरी चौकी नारायणपुर सर्लाहीबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपाल तर्फ आउँदै गरेको प्र.१-०१-०२ ०५४ प ४८३४ नम्बरको मोटरसाइकललाई चेक जाँच गर्ने क्रममा निजलाई उक्त लागू औषध सहित नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।  ३.     सर्लाही, बागमती नगरपालिका -१२ स्थितबाट लागू औषध डाईजेपाम ११४ एम्पुल, फेनारगन ११४ एम्पुल र नोर्फिन १०२ एम्पुल गरी जम्मा ३३० एम्पुल सहित बागमती न.पा.-१२ बथाने टोल बस्ने वर्ष ५५ को ओमप्रकाश बर्णवाललाई बिहीवार दिउँसो प्रहरीले नियन्त्रणमा लिएको छ । इलाका प्रहरी कार्यालय कर्मैया र इलाका प्रहरी कार्यालय हरिवनबाट खटिएको संयुक्त टोलीले बिशेष सुचनाको आधारमा ओमप्रकाश बर्णवाल र निजको छोराहरु बिबेक बर्णवाल र बिकाश बर्णवाल समेतले लागू औषध ओसार-पसार तथा बिक्री बितरण गरिरहेको भन्ने खबर प्राप्त हुना साथ निजको घर खानतलासी गर्दा उक्त परिमाणको लागू औषध बरामद गरि निज ओमप्रकाश बर्णवाललाई लागू औषध सहित नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

कार र नगद सहित मानिस नियन्त्रणमा
२०८१-०५-१९

पर्सा, बिरगंज महानगरपालिका वडा नं.१६ स्थित भानु प्लाजा होटलमा लागू औषध खरिद बिक्री कार्य भईरहेको छ भन्ने विशेष सूचनाको आधारमा आज दिउँसो जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरी टोलीले उक्त होटलको कोठा नं.१०४ बाट भारत राजस्थान ढुगंरपुर पाली बस्ने वर्ष ३६ को बाबुलाल र सोही स्थान बस्ने वर्ष २८ को श्रवण बिसनोईलाई भा.रू.५००/- दरका नोट ६०० थान (रू.३,००,०००/-), भा.रू.२००/- दरका नोट ५९५ थान (रू.१,१९,०००/-), भा. रू.१००/- दरका नोट १०० थान (रू.१०,०००/-), नेपाली रू.१,०००/- दरका नोट- ३९० थान (रु.३,९०,०००/-) गरी जम्मा भा.रू.४,२९,०००/- (चार लाख उनन्तीस हजार) र नेपाली रु.३,९०,०००/- (तीन लाख नब्बे हजार) र मोबाईल थान-२ वटा सहित निजहरुको DL 3 CB U 8035 नम्बरको भारतीय Shift Car नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भइरहेको छ ।

वेवारिसे अवस्थामा रहेको लागुऔषध फेला परेको
२०८१-०५-१७

१.      पर्सा, बिरगंज महानगरपालिका १६ बसपार्क नजिकबाट लागू औषध चरेस जस्तो देखिने पदार्थ दुई वटा पोकामा ११ के.जी. १०० ग्राम आईतवार राती प्रहरीले बरामद गरेको छ । बसपार्क नजिकै रहेको खाली चौरमा शंकास्पद कालो रंगको झोला  वेवारिसे अवस्थामा रहेको छ भन्ने खबर प्राप्त हुना साथ प्रहरी चौकी बासपार्कबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा झोला भित्र उक्त परिमाणको लागू औषध बरामद गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।  २.     बारा, जितपुरसिमरा उपमहानगरपालिका ७ बैदेही पेट्रोल पम्प स्थितबाट आईतवार बेलुका प्रहरीले बेवारिसे अवस्थामा रहेको लागू औषध गाँजा ४० के.जी. बरामद गरेको छ । बैदेही पेट्रोल पम्प अगाडी रोडको पूर्व साईडको नाला भित्र ४ ओटा झोला संकास्पद अवस्था रहेको छ भन्ने सुचना प्राप्त हुना साथ इलाका प्रहरी कार्यालय जितपुरबाट खटिएको प्रहरी टोलीले चेक जाँच गर्दा ४ ओटा झोला प्रत्येक झोलामा १० के.जी. का दरले लागू औषध फेला पारेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिबन्धित लागू औषध सहित मानिस नियन्त्रणमा
२०८१-०५-१७

१.      पर्सा, बिरगंज महानगरपालिका १६ गण्डक चोक पोष्ट स्थितबाट प्रतिबन्धित लागू औषध (TROHMA-50) नामक ९२० क्यापसुल सहित जिल्ला मकवानपुर हेटौंडा उ.म.न.पा. वडा नं.१२ बस्ने बर्ष २५ को चन्द्र बहादुर थोक्करलाई आईतवार राती प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरी चौकी गण्डकबाट खटिएको टोलीले चेक जाँच गर्ने क्रममा बिरगंजबाट हेटौंडा चल्ने प्र.२-०३-००१ ज ००८६ नम्बरको विंङ्गरको सिट मुनि चिउराको बोरामा लुकाई छिपाई लैजाँदै गरेको उक्त लागू औषध सहित निजलाई प्रहरीले नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।   २.     सप्तरी, डाक्नेश्‍वरी नगरपालिका ३ तरही स्थितबाट लागू औषध Promethazine Injection-५ एम्पुल, Phenargan Injection-५ एम्पुल र Diazepam Injection-५ एम्पुल गरी जम्मा १५ एम्पुल सहित जिल्ला सप्तरी शम्भुनाथ नगरपालिका ३ कचन्दाहा बस्ने बर्ष २४ को मिथुन कुमार पासवान र  बर्ष २५ को प्रविन पासवानलाई आईतवार बेलुका प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरी चौकी तरहीबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा भारतबाट नेपालतर्फ पैदल आँउदै गरेको अवस्थामा चेकजाँच गर्दा निजहरुलाई प्रहरीले उक्त लागू औषध सहित नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।