प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

फरार प्रतिवादी नियन्त्रणमा

२०८०-०८-२२

  • A
  • A-
  • A+
Share


१.    रौतहट, मिति २०८०/०८/२० गते अं. १५:०० बजेको समयमा जिल्ला रौतहट देवाहिगोनाहि न.पा.५ बस्ने कर्तव्य ज्यान मुद्दाको (चालु मुद्दा)  फरार प्रतिवादीहरु जि.रौतहट देवाहिगोनाहि न.पा.५ बस्ने अं. वर्ष ३६ को राजेश तिवारी, ऐ. ऐ. बस्ने अं. वर्ष ३४ को रमेश तिवारी, ऐ. ऐ. बस्ने अं.वर्ष २८ को रन्जित तिवारी र ऐ. ऐ. बस्ने अं. वर्ष ५९ को सुरेश तिवारी गरुडा बजार एरियामा घुमफिर गरिरहेको छ भन्ने खबर ईलाका प्रहरी कार्यालय गरुडा रौतहटमा प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय गरुडाबाट प्र.नि.को कमाण्डमा टोलि खटि गई नियन्त्रणमा लिई ई.प्र.का. गरुडा रौतहटमा ल्याई थप अनुसन्धान कार्य भईरहेको ।

सम्बन्धित समाचार
प्रतिबन्धित लागु औषध नाइट्राभेट ट्याब्लेट सहित मानिस नियन्त्रणमा
२०८१-०९-२८

महोत्तरी, बलबा नगरपालिका वडा नं. ११ लंगडा चोक स्थितबाट लागु औषध नाईट्राभेट ट्याब्लेट थान-८७ पिस र प्लाष्टिको पुरियामा गाँजा लागु औषध  सहित महोत्तरी लोहारपट्टी नगरपालिका ५ बस्ने राम गुलाम यादबको छोरा अं वर्ष २२ को संतोष यादब र ऐ.मोटरसाईकलमा पछाडी सवार ऐ.ऐ. बस्ने देबनारायण मंडलको छोरा अं वर्ष २१ को सुसिल कुमार मंडललाई शनिवार राती प्रहरीले नियन्त्रणमा लिएको छ । ईलाका प्रहरी कार्यालय लोहारपट्टीबाट खटिएको प्रहरी टोलीले चेक जाँच गर्नेक्रममा  सम्सी तर्फबाट आउदै गरेको बाग्मती AAA 7264 नं. को मोटरसाईकल रोकी चेक जाँच गर्दा लागु औषध नाईट्राभेट ट्यब्लेट र गाँजा सहित निज २ जना मानिसहरुलाई नियन्त्रणमा लिएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिबन्धित लागु औषध नाइट्राभेट ट्याब्लेट सहित मानिस नियन्त्रणमा
२०८१-०९-२८

सिरहा, लहान नगरपालिका-१ पानीटंकी स्थितबाट प्रतिबन्धित लागु औषध DIAZEPAM-30 एम्पुल, PHENERGAN-30 एम्पुल, BUPRENORPHINE-30 र COUGH LINCTUS-14 बोतल सहित लहान नगरपालिका-१ बस्ने जगदिस ठाकुरको छोरा अं. बर्ष ४५ को दयाराम ठाकुरलाई आईतवार दिउँसो प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरी चौकी लहान, ईलाका प्रहरी कार्यालय लहान र जिल्ला प्रहरी कार्यालय सिरहाबाट खटिएको संयुक्त प्रहरी टोलीले लहान नगरपालिका-१ बस्ने दयाराम ठाकुरको घर खानतलासी गर्दा  घरमा लुकाई छिपाई राखिएको अवस्थामा प्रतिबन्धित लागु औषध सहित मानिसलाई नियन्त्रणमा लिएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

बिल बिजक भन्दा बढी लोड गरेको सामान सहितको ट्रक नियन्त्रणमा
२०८१-०९-२६

१.     पर्सा, बिरगंज महानगरपालिका-१६ रेल्वे रोड नगवा स्थित बाट बिल बिजक भन्दा बढी लोड गरेको सामान अं.मु.रु.४३,५०,०००/- बराबरको  ट्रक बिहिवार राती प्रहरीले नियन्त्रणमा लिएको छ । वडा प्रहरी कार्यालय बिर्ताबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा ना ७ ख ७६७६ नं.को ट्रकमा बिल बिजक भन्दा बढी लोड गरेको औषधी, किरना सामान, कस्मेटिक सामान, विभिन्न लताकपडा ईलेक्ट्रोनिक तथा हार्डवेयरका सामानहरु रहेको र भन्सार छलिको आशंकामा नियन्त्रणमा लिई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि राजश्व अनुसन्धान कार्यालय पथलैया, बारामा बुझाईएको छ ।२.     बारा, जितपुर सिमरा उप-महानगरपालिका-७  पथलैया बिरगंज सडक खण्ड स्थितबाट बिल बिजक भन्दा बढि माल सामान रहेको अं. रु ७३,८४,४१७।– सामान बिहिवार राती प्रहरीले नियन्त्रणमा लिएको छ । ईलाका प्रहरी कार्यालय जितपुरबाट खटिएको प्रहरी टोलीले पर्साबाट सप्तरी तर्फ जाँदै गरेको ना ५ ख २६०९ नं. को डब्बा ट्रकलाई विशेष सुचनाको आधारमा रोकि चेक जाँच गर्दा खुद्रा सामान ( टायर,औषधि,पाइप,स्प्रे  टैङक, अन्य विभिन्न ) सामानहरु रहेको र भन्सार छलिको आशंकामा नियन्त्रणमा लिई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि राजश्व अनुसन्धान कार्यालय पथलैया, बारामा बुझाईएको छ ।३.     सर्लाही बागमती नगरपालिक-१२ स्थितबाट बिल बिजक भन्दा बढि माल सामान रहेको अं. मुल्य रू.१,०४,६५,३०३।– सामान (डिबा) ट्रक बिहिवार दिउँसो प्रहरीले नियन्त्रणमा लिएको छ । ईलाका प्रहरी कार्यालय कर्मैयाबाट खटिएको विशेष सुचनाको आधारमा बिराटनगरबाट काठमाण्डौ तर्फ जादै गरेको ना ८ ख १००१ नम्बरको ट्रक गाडी रोकी चेकजाँच गर्दा उक्त ट्रक गाडीमा भाडा बर्तन, टिभि, कपडा, केबल, Diaper Pant लगायत खुद्रा सामानहरुको प्रज्ञापन पत्र नभएको, कतिपय सामानहरुको अनलाईल बिल नखुलेको, बिल-बिजक शंकास्पद देखिएको आशंकामा नियन्त्रणमा लिई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि राजश्व अनुसन्धान कार्यालय पथलैया, बारामा बुझाईएको छ । ४.     बारा, जितपुर सिमरा उप-महानगरपालिका-१ पथलैया चोक स्तिथबाट बिलबिजक भन्दा बढी खुद्रा सामानहरु अ.मुल्य रु.३१,५१,१११/- बराबरको सामान शुक्रवार दिउँसो प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरी चौकी पथलैयाबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा बिरगंजबाट चितवन तर्फ जादै गरेको ना ३ ख५०३९ न.को ट्रकलाई चेकजाँच गर्ने क्रममा बिलबिजक भन्दा बढी सामानहरु टायर,मोटर पोर्टस,केमीकल पाउडर र ईलेक्ट्रिकल सामान लगाएतको खुद्रा समानहरु राजश्व छलिको आशंकामा नियन्त्रणमा लिई आवश्यक अनुसन्धान कार्य भईरहेको छ ।