प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

लागु औषध सहित मानिस नियन्त्रणमा

२०८०-०८-२२

  • A
  • A-
  • A+
Share


१.    पर्सा, मिति २०८०।०८।२१ गते अं. २०:३० बजेको समयमा जिल्ला पर्सा बि.म.न.पा १६ रजतजयन्ती चोक स्थितमा प्रहरी चौकी ईनर्वा पर्साबाट खटिएको चेकिङ टोली र लागु औषध नियन्त्रण ब्युरो पर्साबाट खटिएको संयुक्त टोलीले चेक जाँच गर्ने क्रममा भारतबाट बिरगंज तर्फ आउँदै गरेको पैदल यात्री जिल्ला बारा करैया गा.पा. वडा नं ८ औनिया बस्ने बर्ष २१ को अनज चौधरीलाई चेक जाँच गर्दा निजको साथबाट ३५ पिस नाईट्राभेट बरामद भएकोमा ला.औ. सहित निजलाई नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागी व.प्र.का बिर्तामा बुझाएको ।

 

२.    सर्लाही, मिति २०८०।०८।२१ गते अं. १९:३० बजेको समयमा जिल्ला सर्लाही हरिपुर न.पा.२ स्थित ईलाका प्रहरी कार्यालय हरिपुर सर्लाहीबाट प्र.नि.को कमाण्डमा ५ जनाको टोली खटि गई चेकजाँच गर्ने क्रममा ऐ. वडा नं. ६ बस्ने वर्ष ३३ को जाकिर मंसुरलाई चेकजाँच गर्दा निजको साथबाट ला.औ. गाँजा २०० ग्राम सहित फेला परेकोले सोधपुछ गर्दा उक्त ला.औ. गाँजा ऐ. हरिपुर न.पा. ८ बस्ने अं. वर्ष ५८ को जुगेश्वर दास कथबनियाबाट खरिद गरी ल्याएको भनि बताएकोले निजलाई साथमा लिई जुगेश्वर दास कथबनियालाई खो.त.गर्दै जाने क्रममा निजकै घरबाटै फेला पारी निजको घर नजिकै रहेको परालको कुन्यु खानतलासी गर्दा कुन्युमा लुकाई छिपाई राखेको ४ किलो ५०० ग्राम ला.औ. गाँजा सहित दुवै जनालाई नियन्त्रणमा लिई ईलाका प्रहरी कार्यालय सर्लाहीमा ल्याई थप अनुसन्धान कार्य भईरहेको ।

 

३.    सर्लाही, मिति २०८०।०८।२१ गते अं. २०:०० बजेको समयमा जिल्ला सर्लाही मलंगवा न.पा. ८ स्थित ऐ. ऐ. बस्ने अं. वर्ष ४४ को दुलार राय र ऐ. ३ बस्ने अं. वर्ष ३८ को चन्दन पासवान दुवै जना मिलि पालैपालो टाउकोमा बोकी भारतबाट नेपाल तर्फ आउँदै गरेको अवस्थामा जिल्ला प्रहरी कार्यालय सर्लाहीबाट प्र.नि.को कमाण्डमा खटिएको टोलीले शंका लागि चेकजाँच गर्दा प्लाष्टिकको बोरा भित्र ला.औ. Wincerex-१२० बोतल फेला पारी ला.औ. सहित दुवै जनालाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भईरहेको ।  

 

४.    सप्तरी, मिति २०८०/०८/२० गते अं. १९:३० बजेको समयमा जिल्ला सप्तरी सुरुङ्गा न.पा. वडा नं ६ कडरबोना चोक स्थित पुर्व पश्चिम लोकमार्ग सडक छेउमा मोटरसाईकल सहित मानिस लडिरहेको सूचना प्राप्त हुनासाथ ई.प्र.का. कडरबोना सप्तरीबाट प्र.स.ह. को कमाण्डमा खटिगएको प्रहरी टोलीले उक्त स्थानमा गई चेकजाँच गर्दा जिल्ला उदयपुर त्रियुगा न.पा. वडा नं ६ जलजले बस्ने मो. काशिमको छोरा वर्ष अं. २५ को मो. कादिर प्र-१-०५-००१प ३८२७ नम्बरको मोटरसाइकलबाट लडी घाईते अवस्थामा फेला परेकोले निजलाई तत्काल उपचारको लागि जिनिस अस्पताल कुशाहा सप्तरीमा पठाई प्रहरीको निग्रानीमा उपचार गराई मिति २०८०/०८/२१ गते अं. १०:३० बजेको समयमा ई.प्र.का. कडरबोनामा ल्याई निजलाई सोधपुछ गर्दा निजले सो समयमा नसालु पदार्थको सेवन गरि मो.सा. चलाई जाँदै गरेको अवस्थामा आफै अनियन्त्रित भई लडेको भनि बताएको हुँदा निजको शरीरको तलासी लिंदा निजले लगाएको पाईन्टको अगाडीको दाहिने गोजीबाट Diazepam 2 ml, Abuprenorphine injection 2 ml phenergan 25 ml समेत २/२ पिस गरि जम्मा ६ पिस लागु औषध फेला परेको हुँदा निजलाई मो.सा.सहित पक्राउ गरि थप अनुसन्धान कार्य भईरहेको ।

सम्बन्धित समाचार
सामान सहित ट्रक नियन्त्रणमा लिएको
२०८१-०९-२९

बारा, जितपुरसिमरा उ.म.न.पा.वडा नं.२१ स्थित चेकपोईन्ट अगाडी बिलबिजक भन्दा बढी सामान तथा राज्श्व छलीको आशंकामा अं. मुल्य.रु.७१,७४,५९१।–(एकहत्तर लाख चौहत्तर हजार पाँच सय एकानब्बे ) रुपैया बराबरको Ppwovenbag,Medicine, Kictchen Oven (भाडा कुडा) र Vaccinis लगाएतका सामानहरु सहित प्रहरीले नियन्त्रणमा लाइएको छ । इ.प्र.का. अमलेखगंजबाट  खटिएको चेकिङ टोलिले बिरगंजबाट रुपन्देही तर्फ जादै गरेको प्र २-०३-००१ ख २८८८ नं. को ट्रकलाई रोकी चेकजाँच गर्ने क्रममा ट्रक नियन्त्रणमा लिई आवश्यक अनुसन्धान तथा कारवाहिको लागि राजश्व अनुसन्धान कार्यालय पथलैया, बारामा बुझाइएको छ । 

हातहतियार सहित मानिस नियन्त्रणमा
२०८१-०९-२९

सर्लाही, ब्रहम्पुरी गाउँपालिका- ३ भेल्ही चोक स्थितबाट कटुवा पेस्तोल-१ थान, 8 mm को जंगी राउण्ड गोली-२ थान सहित मोटरसाईकल चालक देश भारत सितामढी रजवारा मुसहरनीया बस्ने राम पुकार साहको छोरा अं. वर्ष २४ को प्रवचन साह र सोही मोटरसाईकल पछाडी सवार जिल्ला सर्लाही ब्रहमपुरी गाउँपालिका-४ बस्ने संजय पासवानको छोरा अं. वर्ष १८ को विक्रम पासवानलाई आईतवार बेलुका प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय सर्लाहीमा देश भारत जिल्ला सितामढी ग्राम बसतपुर वडा नं.७ बस्ने रंजन दासको छोरा अं. वर्ष १५ को लभ कुमार दासलाई लेनदेनको विषयलाई लिएर जिल्ला सर्लाही ब्रहमपुरी गाउँपालिका-४ बस्ने अं. वर्ष ६८ को रामजी साहको घरमा बाँधी राखेको छ भन्ने विशेष सुचनाको आधारमा खटिएको प्रहरी टोलीले शंकास्पद स्थानमा चेकजाँच गर्ने क्रममा BR 06 BT 2850 नं. को मोटरसाईकलमा कटुवा पेस्तोल सहित २ जना मानिसहरुलाई नियन्त्रणमा लिएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

लागू औषध चरेस जस्तो देखिने वस्तु नियन्त्रण
२०८१-०९-२९

पर्सा, बिरगंज महानगरपालिका वडा नं.१६ गणेश टोल स्थितबाट प्रतिबन्धित लागु औषध चरेस जस्तो देखिने वस्तु १९ किलो ५०० ग्राम आईतवार राती प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरी चौकी गणेशटोलबाट खटिएको प्रहरी गस्ती टोलीलाई देखी १ जना पुरुष मानिस  १ वटा बोराको पोका सडकमा फाली  भागी गएकोमा  प्रहरी टोलीले उक्त  बोरा खोली हेर्दा अबैध लागु औषध चरेस जस्तो देखिने वस्तु १३ वटा प्लाष्टिकको पोकालाई टेपले बेरिएको अबस्थामा फेला परेकोमा उक्त अवैध लागु औषध चरेस जस्तो देखिने वस्तुलाई नियन्त्रणमा लिएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको  छ । 

प्रतिबन्धित लागु औषध नाइट्राभेट ट्याब्लेट सहित मानिस नियन्त्रणमा
२०८१-०९-२८

सिरहा, लहान नगरपालिका-१ पानीटंकी स्थितबाट प्रतिबन्धित लागु औषध DIAZEPAM-30 एम्पुल, PHENERGAN-30 एम्पुल, BUPRENORPHINE-30 र COUGH LINCTUS-14 बोतल सहित लहान नगरपालिका-१ बस्ने जगदिस ठाकुरको छोरा अं. बर्ष ४५ को दयाराम ठाकुरलाई आईतवार दिउँसो प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरी चौकी लहान, ईलाका प्रहरी कार्यालय लहान र जिल्ला प्रहरी कार्यालय सिरहाबाट खटिएको संयुक्त प्रहरी टोलीले लहान नगरपालिका-१ बस्ने दयाराम ठाकुरको घर खानतलासी गर्दा  घरमा लुकाई छिपाई राखिएको अवस्थामा प्रतिबन्धित लागु औषध सहित मानिसलाई नियन्त्रणमा लिएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।