प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

फरार प्रतिवादी पक्राउ

२०८०-०८-२७

  • A
  • A-
  • A+
Share


१.      सिरहा, मिति २०८०।०८।२६ गते अं. १२:१५ बजेको समयमा प्र.चौ. लहानबाट प्र.स.नि. को कमाण्डमा खटिएको टोलीले कुटपिट मुद्दाका फरार प्रतिवादी जिल्ला सिरहा लहान न.पा. ४ मण्डल टोल बस्ने हरि गोबिन्द मण्डलको छोरा वर्ष अं.  ८० को गुलटेन मण्डल, ऐ.ऐ. बस्ने खुशिलाल मण्डलको छोरा वर्ष अं. ६८ को सोभितलाल मण्डल, ऐ.ऐ. बस्ने खुशिलाल भण्डारीको छोरा वर्ष अं. ७२ को दिनेश भण्डारी र ऐ.ऐ. बस्ने खुशिलाल भण्डारीको छोरा वर्ष अं. ५४ को शिवनारायण भण्डारीलाई पक्राउ गरी सम्मानित सिरहा जिल्ला अदालत पठाईएको ।

 

२.      सप्तरी, मिति २०८०।०८।२६ गते अं.११:०० बजेको समयमा जिल्ला सप्तरी साबिक नेङगडा गा.बि.स. वडा नं.४ हाल बोदेबर्साईन न.पा.२ बौराहा बस्ने भोलि साहको नाति लसकरी साहको छोरा अं. वर्ष ७१ को कुलदेव साह जालसाजी मुद्दामा जरिवान ५,८३३/३३ (पाँच हजार आठ सय तेंतिस रुपैयाँ तेंतिस पैसा मात्र) भएको फरार प्रतिवादीलाई ईलाका प्रहरी कार्यालय बोदेबर्साईन सप्तरीबाट प्र.ब.ह. को कमाण्डमा खटिएको टोलिले निजकै घरबाट पक्राउ गरी सम्मानित जिल्ला अदालत सप्तरी राजविराजमा बुझाईएको ।    

सम्बन्धित समाचार
कटुवा पेस्तोल सहित मानिस पक्राउ
२०८१-१०-०८

कटुवा पेस्तोल सहित मानिस पक्राउ सिरहा, गोलबजार नगरपालिका ११ बल्कबा स्थित मैनबती खोलाबाट कटुवा पेस्तोल १ थान सहित गोलबजार नगरपालिका १२ बेतौना बस्ने बर्ष १९को प्रमोद ठाकुर र बर्ष १९ को बिष्नु कुमार महतोलाई सोमवार बेलुका प्रहरीले पक्राउ गरेको छ । मैनाबती खोलामा लागेको भब्री मेलामा आएका केही व्यक्ति बिच एक आपसमा झै-झगडा भईरहेको छ भन्ने खबर  इलाका प्रहरी कार्यालय गोलबजारमा प्राप्त हुना साथ खटिएको प्रहरी टोलीले भाग्दै गरेको अवस्थामा निजहरु प्रमोद ठाकुर र बिष्नु कुमार महतोलाई नियन्त्रणमा लिई चेक जाँच गर्दा कटुवा पेस्तोल र फलामको नक फेला परेकोले उक्त हतियार सहित निजहरुलाई नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

लागू औषध गाँजा सहित मानिस नियन्त्रणमा
२०८१-१०-०६

१.      पर्सा, बिरगंज महानगरपालिका १९ बर्वा स्थितबाट प्रतिबन्धित लागू औषध गाँजा १९५ किलो ग्राम सहित जिल्ला मकवानपुर हेटौंडा उपमहानगपालिका १२ रमनटार बस्ने बर्ष ३६ को सुकलाल महर्जनलाई शनिवार बेलुका प्रहरीले नियन्त्रणमा लिएको छ । इलाका प्रहरी कार्यालय पोखरीया, अस्थाई प्रहरी पोष्ट बिन्दबासिनी र अस्थाई प्रहरी पोष्ट बहुअर्वाभाठाबाट खटिएको संयुक्त प्रहरी टोलिले बिशेष सुचनाको आधारमा बा.प्र.०३-००१ख ३५८७ नम्बरको ट्रकमा लोड गरी ल्याएको लागू औषध गाँजा बर्वा स्थित रोड छेउमा रहेको परालको थुप्रोमा लुकाई छिपाई भाग्ने क्रममा उक्त परिमाण बराबरको लागू औषध र ट्रक सहित चालक निज सुकलाल महर्जनलाई नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

हातहतियार सहित मानिस नियन्त्रणमा
२०८१-०९-२९

सर्लाही, ब्रहम्पुरी गाउँपालिका- ३ भेल्ही चोक स्थितबाट कटुवा पेस्तोल-१ थान, 8 mm को जंगी राउण्ड गोली-२ थान सहित मोटरसाईकल चालक देश भारत सितामढी रजवारा मुसहरनीया बस्ने राम पुकार साहको छोरा अं. वर्ष २४ को प्रवचन साह र सोही मोटरसाईकल पछाडी सवार जिल्ला सर्लाही ब्रहमपुरी गाउँपालिका-४ बस्ने संजय पासवानको छोरा अं. वर्ष १८ को विक्रम पासवानलाई आईतवार बेलुका प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय सर्लाहीमा देश भारत जिल्ला सितामढी ग्राम बसतपुर वडा नं.७ बस्ने रंजन दासको छोरा अं. वर्ष १५ को लभ कुमार दासलाई लेनदेनको विषयलाई लिएर जिल्ला सर्लाही ब्रहमपुरी गाउँपालिका-४ बस्ने अं. वर्ष ६८ को रामजी साहको घरमा बाँधी राखेको छ भन्ने विशेष सुचनाको आधारमा खटिएको प्रहरी टोलीले शंकास्पद स्थानमा चेकजाँच गर्ने क्रममा BR 06 BT 2850 नं. को मोटरसाईकलमा कटुवा पेस्तोल सहित २ जना मानिसहरुलाई नियन्त्रणमा लिएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

लागू औषध चरेस जस्तो देखिने वस्तु नियन्त्रण
२०८१-०९-२९

पर्सा, बिरगंज महानगरपालिका वडा नं.१६ गणेश टोल स्थितबाट प्रतिबन्धित लागु औषध चरेस जस्तो देखिने वस्तु १९ किलो ५०० ग्राम आईतवार राती प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरी चौकी गणेशटोलबाट खटिएको प्रहरी गस्ती टोलीलाई देखी १ जना पुरुष मानिस  १ वटा बोराको पोका सडकमा फाली  भागी गएकोमा  प्रहरी टोलीले उक्त  बोरा खोली हेर्दा अबैध लागु औषध चरेस जस्तो देखिने वस्तु १३ वटा प्लाष्टिकको पोकालाई टेपले बेरिएको अबस्थामा फेला परेकोमा उक्त अवैध लागु औषध चरेस जस्तो देखिने वस्तुलाई नियन्त्रणमा लिएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको  छ । 

सामान सहित ट्रक नियन्त्रणमा लिएको
२०८१-०९-२९

बारा, जितपुरसिमरा उ.म.न.पा.वडा नं.२१ स्थित चेकपोईन्ट अगाडी बिलबिजक भन्दा बढी सामान तथा राज्श्व छलीको आशंकामा अं. मुल्य.रु.७१,७४,५९१।–(एकहत्तर लाख चौहत्तर हजार पाँच सय एकानब्बे ) रुपैया बराबरको Ppwovenbag,Medicine, Kictchen Oven (भाडा कुडा) र Vaccinis लगाएतका सामानहरु सहित प्रहरीले नियन्त्रणमा लाइएको छ । इ.प्र.का. अमलेखगंजबाट  खटिएको चेकिङ टोलिले बिरगंजबाट रुपन्देही तर्फ जादै गरेको प्र २-०३-००१ ख २८८८ नं. को ट्रकलाई रोकी चेकजाँच गर्ने क्रममा ट्रक नियन्त्रणमा लिई आवश्यक अनुसन्धान तथा कारवाहिको लागि राजश्व अनुसन्धान कार्यालय पथलैया, बारामा बुझाइएको छ ।