प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

लागु औषध सहित मानिस नियन्त्रणमा

२०८०-०९-२२

  • A
  • A-
  • A+
Share


१.      पर्सा, मिति २०८०।०९।२१ गते अं. २१:३० बजेको समयमा जिल्ला पर्सा सखुवा प्रसौनि गा.पा.५ महुबन चोक स्थित गण्डक जानकीटोला जाने नारायणी सिंचाई नहरमा बिशेष सुचनाको आधारमा ई.प्र.का. पोखरीया पर्साबाट प्र.नि.को कमाण्डमा र प्र.चौ.महुवनबाट प्र.स.नि.को कमाण्डमा खटिएको संयुक्त टोलीले चेकजाँच गर्ने क्रममा गण्डकबाट देवरीया तर्फ जाँदै गरेको बा.प्र.०३-००१ च.१५४० नं.को पिकअपलाई रोकि चेकजाँच गर्दा चालकको सिट मुनि लुकाई छिपाई अबैध रुपमा ल्याउँदै गरेको ला.औ.गाँजाको धुलो प्लाष्टिकको टेपले बेरिएको ४२ पोकामा जम्मा ४२ किलो प्लाष्टिक सहित, पिकअप गाडी र पिकअप चालक जि.मकवानपुर भिमफेदी गा.पा.९ स्यारसे बस्ने अं.बर्ष ३४ को सुमन बलोनलाई नियन्त्रणमा लिई ई.प्र.का. पोखरियामा ल्याई  थप अनुसन्धान कार्य भईरहेको ।  


२.      सर्लाही, मिति २०८०।०९।२१ गते अं. १७:३० बजेको समयमा जिल्ला सर्लाही बलरा न.पा. ५ कार्यालय अगाडी प्रहरी चौकी अर्नाहा सर्लाहीबाट प्र.स.नि. को कमाण्डमा खटिएको टोलीले भारतबाट नेपाल तर्फ आउँदै गरेको प्रदेश ३-०३-०२२ प १०५२ नं. को मो.सा.लाई चेकजाँच गर्ने क्रममा मो.सा. को सिटमुनी Codiwell- ९ बोतल फेला परेको हुँदा उक्त ला.औ., मो.सा., मो.सा. चालक ऐ. बरहथवा न.पा. ७ बस्ने काले तामाङको छोरा अं. वर्ष २४ को पवन तामाङ, सोही मो.सा.मा  सवार ऐ. रामनगर गा.पा. ५ बस्ने बेचन मण्डलको छोरा अं. वर्ष १९ को रंन्जन कुमार मण्डल र ऐ. बागमती न.पा. २ बस्ने राम शरण के.सी.को छोरा अं. वर्ष २१ को अभिशेक के.सी.लाई नियन्त्रणमा लिई प्रहरी चौकी अर्नाहा सर्लाहीमा ल्याई थप अनुसन्धान कार्य भईरहेको । 

सम्बन्धित समाचार
लागु औषध सहित मानिस नियन्त्रणमा
२०८१-०९-१७

१.    पर्सा, बिरगंज महानगरपालिका १३ पावरहाउस चौक स्थित ड्राईपोर्ट तर्फ जाने सडक खण्डबाट खैरो हेरोईन जस्तो देखिने पदार्थ २.३२० ग्राम लागू औषध सहित बिरगंज महानगरपालिका २९  बस्ने बर्ष ६१ को ठाकुर प्रसाद साह कानुलाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय श्रीपुरबाट खटिएको प्रहरी चेकिङ टोलिले प्रदेश २-०३-०२० प ८७२४ नम्बरको मोटरसाइकललाई चेक जाँच गर्ने क्रममा निजलाई उक्त लागू औषध सहित नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । २.    सप्तरी, राजगढ गाउँपालिका ३ झौहरा चोक स्थितबाट ५ किलो ग्राम लागु ओैषध गाँजा सहित महादेवा गाउँपालिका ८ बस्ने बर्ष २४ को देबेन्द्र कुमार मण्डललाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी झुट्कीबाट खटिएको प्रहरी टोलीले गस्ती गर्दै जाने क्रममा नेपालबाट भारततर्फ जाँदै गरेको प्र.२-०१-००३ प ८७३८ नम्बरको मोटरसाइकललाई चेक जाँच गर्ने क्रममा निजलाई उक्त लागू औषध सहित नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

लागू औषध सहित मानिस नियन्त्रणमा
२०८१-०९-१६

धनुषा, मिथिला नगरपालिका ९ बडहरी बजारबाट लागू औषध Exiplon Syrup 100 ml को १० बोतल र Nitravet-10 लेखिएको ३ वटा ट्याब्लेट सहित धनुषाधाम नगरपालिका ९ बस्ने बर्ष १९ को रामचन्द्र मण्डल र बर्ष २१ को सन्तोष मण्डल केवटलाई सोमबार बेलुका प्रहरीले नियन्त्रणमा लिएको छ । विशेष सुचनाको आधारमा इलाका प्रहरी कार्यालय  ढल्केवर  र लागू औषध व्यूरो शाखा कार्यालय बर्दिबासबाट खटिएको संयुक्त प्रहरी टोलीले पूर्वबाट बडहरी बजार तर्फ आउँदै गरेको मधेस प्र.-०२-००६ प ६८६० नम्बरको मोटरसाईकललाई शंका लागि चेक जाँच गर्ने क्रममा सोधपुछ गर्दा जिल्ला धनुषा मिथिला नगरपालिका ८ बडहरी खोलाको पूर्वी किनारा छेउको झाडीमा लुकाई छिपाई राखेको अवस्थामा उक्त लागू औषध फेला परेकोले लागू औषध सहित निजहरुलाई नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

हतियार सहित मानिस नियन्त्रणमा
२०८१-०९-१६

सर्लाही, हरिवन नगरपालिका ६ चारली चोकबाट एकनाले लोड भरूवा बन्दुक थान -१, सोही बन्दुकमा लाग्ने बारुद ५० ग्राम र छर्रा बेरिङ ४७ पिस सहित हरिवन नगरपालिका ११ भेषराज टोल बस्ने बर्ष ३४ को जितेन्द्र कुमार घिसिङ र बागमती नगरपालिका २ बस्ने बर्ष ३५ को रत्नलाल जिम्बालाई सोमबार बेलुका प्रहरीले नियन्त्रणमा लिएको छ । अस्थाई प्रहरी पोष्ट घर्कौलीबाट खटिएको प्रहरी टोलीले चेक जाँच गर्ने क्रममा घर्कौलीबाट ढुङग्रेखोला तर्फ जाँदै गरेको बा.२३ प.८८९ नम्बरको मोटरसाइकललाई चेक जाँच गर्दा निजहरुलाई उक्त हतियार सहित नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

लागू औषध सहित मानिस नियन्त्रणमा
२०८१-०९-१२

जिल्ला, महोत्तरी सम्सी गाउँपालिका ६ सम्सी चोकबाट लागू औषध NITRAVET-10 -४ पत्ता (५७ पीस) र CARTSPAS १ पत्ता (८ पीस) सहित बर्दिबास नगरपालिका ८ बस्ने बर्ष २२ को प्रभास सापकोटा र जिल्ला काभ्रे नवबुद्ध नगरपालिका भकुण्डेबेसी घर बताउने बर्ष २४ को संदिप चिमोरियालाई बिहीबार बेलुका प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरी चौकी सम्सीबाट खटिएको प्रहरी टोलीले सम्सी गौशाला सडक खण्डमा सम्सीबाट गौशाला तर्फ जाँदै गरेको ज १ ह ३९३१ नम्बरको अटोलाई चेक जाँच गर्ने क्रममा निजहरुलाई उक्त लागू औषध सहित नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।