प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

फरार प्रतिवादी नियन्त्रणमा

२०८०-१०-२२

  • A
  • A-
  • A+
Share


१.  १.    मिति २०८०।१०।२१ गते अं. १६:०० बजेको समयमा जि.बारा आदर्श कोतवाल गा.पा.१ चिउटाहा बस्ने बर्ष ५५ को रउदी बैठा लागत नं. ३३६१ ला.औ. चरेश गांँजा मुद्दाको १ महिना कैद र रु.२,०००/- जरिवाना भएको  फरार प्रतिवादीलाई ई.प्र.का. महेन्द्र आदर्श बाराबाट खटिएको प्र.स.नि.को टोलीले नियन्त्रणमा लिई जि.प्र.का.बारा तर्फ पठाईएको ।

बा२.      मिति २०८०।१०।२१ गते अं.१२:०० बजेको समयमा जि. बारा दौवताल गा.पा. ६ रौहाई स्थित बस्ने डाँका मुद्दाको लागत न.९९८ र रु.१३,५००/- जरिवाना भएको फरार प्रतिवादी बर्ष ६८ को जादोलाल राउतलाई प्र.चौ. देवताल बाराबाट खटिएको प्र.स.नि.को टोलीले नियन्त्रणमा लिई जि.प्र.का.बारामा पठाईएको ।

३. ३.     मिति २०८०/१०/२१ गते अं. १४:२० बजेको समयमा जि.रौतहट गरुडा न.पा. ४ बस्ने नकवजनी चोरी मुद्दाको लागत नं. २०७७, एक महिना सात दिन कैद र रु. १८,९००/- जरिवाना भएको फरार प्रतिवादी सुरेश पटेलको छोरा वर्ष २३ को लालु भन्ने जितेन्द्र पटेललाई ई.प्र.का. गरुडा रौतहटबाट खटिएको प्र.व.ना.नि.को टोलीले निजको घर नजिकैबाट नियन्त्रणमा लिई आवश्यक अनुसन्धान कार्य भई रहेको ।

४. ४.     मिति २०८०/१०/२१ गते १६:२५ बजेको समयमा ज्यान मार्ने उद्योग सम्बन्धि चालु मुद्दाका फरार प्रतिवादी जि.धनुषा विदेह न.पा.३ गोबराही टोल बस्ने जय किशोर सहनीको श्रीमती वर्ष ३५ की पार्वती देवी र ऐ.ऐ. बस्ने जय किशोर सहनीको छोरा वर्ष २४ को दिपक सहनीलाई ई.प्र.का. दुहबी, धनुषाबाट खटिएको प्र.ना.नि.को टोलिले खो.त. गर्दै जाने क्रममा निजकै घरबाट फेला पारी नियन्त्रणमा लिई आवश्यक कार्बाहीको लागी जि.प्र.का.धनुषामा पठाईएको ।

५. ५.    मिति २०८०।१०।२१ गते ०९:३० बजेको समयमा सम्मानित सप्तरी जिल्ला अदालतको मुद्दा नं.२१२, लगत नं. २७४८ मिति २०७५।०२।३० गतेको फैसला कार्यान्वयन अन्तर्गत अपहरण तथा शरीर बन्धक मुद्दाको  ९ वर्ष कैद र रु. ५०,०००/- (पचास हजार) जरिवाना भएको फरार प्रतिवादी जि. सप्तरी खड्क न.पा.५ खोजपुर बस्ने रघुनी ठाकुरको छोरा वर्ष ५० को शुभ नारायण ठाकुर आफ्नो गाँउ घरमा लुकिछिपी बसिरहेको छ भन्ने गोप्य सुचनाको आधारमा अ.प्र.पोष्ट खरचुईया सप्तरीबाट खटिएको प्र.स.नि.को टोलिले पक्राउ गरी ई.प्र.का. कडरबोना सप्तरीमा बुझाईएको ।

सम्बन्धित समाचार
लागू औषध सहित मानिस नियन्त्रणमा
२०८२-०२-०६

१.      सर्लाही, पर्सा गाउँपालिका ६ गाँउपालिका चोक स्थितबाट लागू औषध नाईट्राभेट ट्याब्लेट ४१ पत्तामा १२३० पिस, स्पाईस ७ पत्तामा १६८ पिस र सिनारेक्स १०० ml को १ बोतल सहित ब्रहम्पुरी गाउँपालिका ६ बस्ने बेचन राय यादवको छोरा बर्ष १९ को रबि कुमार यादव र सोही स्थान बस्ने सुनिल कुमार यादवको छोरा बर्ष २२ को राहुल कुमार यादवलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सर्लाहीबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपाल तर्फ आउँदै गरेको BR-30-7016 नम्बरको मोटरसाइकललाई शंका लागी चेक जाँच गर्दा निजहरुलाई उक्त परिमाण बराबरको लागू औषध सहित नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।  २.      धनुषा, मिथिला नगरपालिका ६ ढल्केबर बस्ने बर्ष ६८ को खिचडी बाबा भन्ने राम कुमार महतोको घरमा लागू औषध लुकाई छिपाई राखेको भन्ने बिषेश सुचनाको आधारमा सोमबार दिउँसो इलाका प्रहरी कार्यालय ढल्केबर र लागू औषध नियन्त्रण व्यूरो शाखा कार्यालय बर्दिबासबाट खटिएको संयुक्त प्रहरी टोलीले चेक जाँच गर्ने क्रममा निजको घरमा लुकाई छिपाई राखेको लागू औषध गाँजा २७ के.जी., लागू औषध चरेस ३०० ग्राम, ने. रु. २८,५००/- (अट्ठाईस हजार पाँच सय रुपैयाँ मात्र), भा. रु. ११,१००/- (एघार हजार एक सय रुपैयाँ मात्र), तराजु २ थान, सो को ढक (१ के.जी.को १ थान र ५०० ग्रामको ३ थान) र लागू औषध गाँजा प्याक गर्ने प्लाष्टिकको थैली अन्दाजी २ के.जी. ५०० ग्राम सहित निज खिचडी बाबा भन्ने राम कुमार महतोलाई नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

लागू औषध गाँजा जस्तो देखिने चिजवस्तु नियन्त्रणमा
२०८२-०२-०६

१.      सर्लाही, लालबन्दी नगरपालिका-१४ स्थित डाइनी खोलाबाट लागू औषध गाँजा जस्तो देखिने बस्तु ११२.७८ किलो ग्राम सहित लालबन्दी नगरपालिका १४ बस्ने वर्ष ४२ को सोम बहादुर तामाङ्गलाई सोमबार बेलुका प्रहरीले नियन्त्रणमा  लिएको छ । गोप्य सूचनाको आधारमा डाइनी खोलाबाट लागू औषध गाँजा ओसार पसार हुँदैछ भन्ने खबर प्राप्त हुना साथ इलाका प्रहरी कार्यालय लालबन्दी र प्रहरी चौकी पत्थरकोटबाट खटिएको संयुक्त प्रहरी टोलीले डाइनी खोलामा रोकि राखेको BR 32 AN 0817 नम्बरको स्कारपियो गाडी र लु ३३ प ३८९४ नम्बरको 150CC को पल्सर मोटरसाइकललाई चेक जाँच गर्दा उक्त परिमाण बराबरको लागू औषध फेला परेकोले लागू औषध सहित निजलाई नियन्त्रणमा लिएको हो । फरार रहेका लालबन्दी नगरपालिका १४ बस्ने अन्दाजी वर्ष ३४ को भिम बहादुर वाइवा सहित नाम, थर, वतन नखुलेका अन्य २ जनाको खोजतलास तथा थप अनुसन्धान कार्य भईरहेको छ ।

लागु औषध सहित मानिस नियन्त्रणमा
२०८२-०२-०५

१.      बारा, निजगढ नगरपालिका ४ मौरी खोला स्थितबाट लागू औषध ट्रमाडोल ५० लेखेको  ५७ पत्तामा ५७० पिस मध्ये ५ पिस सेवन गरी बाँकी ५६५ पिस, antikof लेखेको ट्याब्लेट ५ पत्तामा ५० पिस मध्ये ७ पिस सेवन गरी बाँकी ४३ पिस र Devoxin-10 लेखेको ५ पत्तामा ५० पिस मध्ये ४ पिस सेवन गरी बाँकी ४६ पिस सहित जिल्ला मकवानपुर बकैया गाउँपालिका ६ भालु खोला बस्ने वर्ष २५ को बिजय योञ्जन, निजगढ नगरपालिका १० चौकीटोल बस्ने वर्ष २८ को प्रेम वाईबा, वर्ष २२ को धन बहादुर थिङ, वर्ष ३० को ज्ञान बहादुर घलान र निजगढ नगरपालिका १० बिच टोल बस्ने वर्ष २४ को अमृत दुलाललाई आईतवार दिउँसो प्रहरीले पक्राउ गरेको छ । लागू औषध  खरिद बिक्री हुँदै छ भन्ने बिशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय निजगढबाट खटिएको प्रहरी टोलीले निजहरुलाई शंका लागि चेकजाँच गर्ने क्रममा उक्त परिमाण बराबरको लागू औषध फेला परेकोले लागू औषध सहित निजहरुलाई नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।  २.      सिरहा, नरहा गाउँपालिका १ देविपुरबाट लागू औषध गाँजा अन्दाजी ३० किलो ग्राम सहित सोही स्थान बस्ने बर्ष ३५ को संजय दास, बर्ष ३१ को रामशरण दास र जिल्ला बारा, कलैया उपमहानगरपालिका ४ घर भई हाल जिल्ला सिरहा, नरहा गाउँपालिका १ बस्ने बर्ष २० को धिरज महतोलाई आइतवार बेलुका प्रहरीले नियन्त्रणमा लिएको छ । रामदेव दासले लागू औषध गाँजाको कारोबार गरिरहेको भन्ने गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय सिरहाबाट खटिएको प्रहरी टोलीले खानतलासी गर्दा निजको घर भित्र २ वटा बोरामा लुकाई छिपाई राखेको उक्त परिमाण बराबरको लागू औषध सहित निजहरुलाई नियन्त्रणमा लिएको हो । प्रहरीले फरार रहेका रामदेव दासको खोजी गर्नुका साथै आवश्यक अनुसन्धान गरिरहेको छ ।