सुन जस्तो देखिने धातुको गरगहना सहित मानिस नियन्त्रणमा
२०८०-१०-२२
- A
- A-
- A+
१.
मिति २०८०।१०।२१ गते अ.१८:३० बजेको समयमा जि. महोत्तरी
बर्दिबास न.पा. १ स्थित रहेको एन्जल ज्वेलर्स सुनचाँदी पसलको संचालक ऐ.ऐ. बस्ने
मिथलेस साहले शंकास्पद मानिस यस पसलमा आएको भनि मौखिक जानकारी गराउनासाथ तत्काल ई.प्र.का. बर्दिवासबाट प्र.नि.को कमाण्डमा ७ जना प्रहरी टोलि खटि गई बुझ्दा शंकास्पद अवस्थामा
रहेका मानिस देश भारत बिहार राज्य जिल्ला मोतिहारी आदापुर ३ घरबताउने छोटेलाल
साहको छोरा बर्ष २० को अंगत कुमार साहलाई चेकजाँच गर्ने क्रममा निजले बोकेको सफारी लेखिएको कालो रंगको ब्याग भित्रबाट सिक्री थान ५- ६२.३३ ग्राम
रहेको सुन जस्तो देखिने पहेंलो धातुको गरगहना
फेला परेको र निजको साथमा रहेको अभिषेक गहना पसल तुलसीपुर दाङ लेखिएको ४ वटा बिल,
अमृत सुनचाँदी पसल चन्द्रपुर रौतहट लेखिएको १ थान बिल सहित बरामद उल्लेखित
गरगहनाहरु, बिलहरु, निजको साथमा रहेको नेपाली नगद रु. १४,४८५/- र मानिस सहित नियन्त्रणमा
लिई ई.प्र.का. बर्दिबासमा ल्याई थप अनुसन्धान कार्य भइरहेको ।