प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

लागु औषध सहित मानिस नियन्त्रणमा

२०८०-१०-२९

  • A
  • A-
  • A+
Share


१.      बारा, मिति २०८०/१०/२८ गते २०:३० बजेको समयम जि.बारा  कलैया उ.म.न.पा. १ देवकोटा चोक स्थित जि.प्र.का. बाराबाट प्र.स.नि. को कमाण्डमा खटिएको चेकिङ टोलीले चेकजाँचको क्रममा बिरगंजबाट कलैया हुँदै निजगढ तर्फ जाँदै गरेको ना ५६ प ८७७१ नं. को पल्सर मो.सा. लाई रोकी चेकजाँच गर्दा मो.सा. चालक जि.बारा निजगढ न.पा. ६ योजना टोल बस्ने रत्न बहादुर थापाको छोरा बर्ष २९ को हेम ब. थापाको साथबाट ला.औ. डाईजपाम-५६ एम्पुल, फेनारगन-५३ एम्पुल, नोरफिन-५३ एम्पुल, ट्रामानिल-५६ पत्ता (६५० पिस), सिरिन्ज -५ थान फेला परेकोले मो.सा. सहित निज हेम ब.थापा र ऐ. मो.सा. पछाडी सवार ऐ.ऐ. बस्ने पदम लामाको छोरा बर्ष २१ को आशिष तामाङलाई नियन्त्रणमा लिई जि.प्र.का. बारामा ल्याई थप अनुसन्धान कार्य भईरहेको ।

 

२.      सप्तरी, मिति २०८०।१०।२८ गते १६:३० बजेको समयमा जि. सप्तरी छिन्नमस्ता गा.पा. ५ स्थित प्र.चौ. वरही बिरपुरबाट प्र.स.नि.कमाण्डमा खटिएको गस्ती टोलिले शंका लागी चेक जाँच गर्ने क्रममा जि.सप्तरी राजबिराज न.पा. १ राजदेवी टोल बस्ने राम प्रसाद खंगको छोरा वर्ष २० को राम अवतार खंगको साथबाट ५ (पाँच) पिस नाईट्रोभेट ला.औ. फेला परेको हुँदा निजलाई नियन्त्रणमा लिई आवश्यक कारबाहीको लागी  जि.प्र.का. सप्तरीमा बुझाईएको ।

सम्बन्धित समाचार
लागू औषध सहित मानिस नियन्त्रणमा
२०८१-०५-२१

१.     रौतहट, गौर नगरपालिका ८ बसपार्क स्थितबाट लागू औषध Cocas Dx 100 ml को १० बोतल, Cocas Dx 60 ml को १ बोतल र Nitravet 10 लेखिएको ५ पत्तामा ७५ पिस ट्याब्लेट सहित गरुडा नगरपालिका ४ बस्ने वर्ष २० को संजय कुमार उपाध्यायलाई बिहीवार बेलुका प्रहरीले नियन्त्रणमा लिएको छ । अस्थाई प्रहरी पोष्ट बसपार्कबाट खटिएको प्रहरी गस्ती टोलीले चेक जाँच गर्ने क्रममा निजलाई उक्त लागू औषध सहित नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । २.     सर्लाही, पर्सा गाउँपालिका ३ स्थितबाट लागू औषध ONEREX -100 ml को बोतल थान- २०१ सहित जिल्ला सर्लाही हरिवन नगरपालिका ९ बस्ने बर्ष २४ को धर्मेन्द्र राउतलाई बिहिवार दिउँसो प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरी चौकी नारायणपुर सर्लाहीबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपाल तर्फ आउँदै गरेको प्र.१-०१-०२ ०५४ प ४८३४ नम्बरको मोटरसाइकललाई चेक जाँच गर्ने क्रममा निजलाई उक्त लागू औषध सहित नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।  ३.     सर्लाही, बागमती नगरपालिका -१२ स्थितबाट लागू औषध डाईजेपाम ११४ एम्पुल, फेनारगन ११४ एम्पुल र नोर्फिन १०२ एम्पुल गरी जम्मा ३३० एम्पुल सहित बागमती न.पा.-१२ बथाने टोल बस्ने वर्ष ५५ को ओमप्रकाश बर्णवाललाई बिहीवार दिउँसो प्रहरीले नियन्त्रणमा लिएको छ । इलाका प्रहरी कार्यालय कर्मैया र इलाका प्रहरी कार्यालय हरिवनबाट खटिएको संयुक्त टोलीले बिशेष सुचनाको आधारमा ओमप्रकाश बर्णवाल र निजको छोराहरु बिबेक बर्णवाल र बिकाश बर्णवाल समेतले लागू औषध ओसार-पसार तथा बिक्री बितरण गरिरहेको भन्ने खबर प्राप्त हुना साथ निजको घर खानतलासी गर्दा उक्त परिमाणको लागू औषध बरामद गरि निज ओमप्रकाश बर्णवाललाई लागू औषध सहित नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

कार र नगद सहित मानिस नियन्त्रणमा
२०८१-०५-१९

पर्सा, बिरगंज महानगरपालिका वडा नं.१६ स्थित भानु प्लाजा होटलमा लागू औषध खरिद बिक्री कार्य भईरहेको छ भन्ने विशेष सूचनाको आधारमा आज दिउँसो जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरी टोलीले उक्त होटलको कोठा नं.१०४ बाट भारत राजस्थान ढुगंरपुर पाली बस्ने वर्ष ३६ को बाबुलाल र सोही स्थान बस्ने वर्ष २८ को श्रवण बिसनोईलाई भा.रू.५००/- दरका नोट ६०० थान (रू.३,००,०००/-), भा.रू.२००/- दरका नोट ५९५ थान (रू.१,१९,०००/-), भा. रू.१००/- दरका नोट १०० थान (रू.१०,०००/-), नेपाली रू.१,०००/- दरका नोट- ३९० थान (रु.३,९०,०००/-) गरी जम्मा भा.रू.४,२९,०००/- (चार लाख उनन्तीस हजार) र नेपाली रु.३,९०,०००/- (तीन लाख नब्बे हजार) र मोबाईल थान-२ वटा सहित निजहरुको DL 3 CB U 8035 नम्बरको भारतीय Shift Car नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भइरहेको छ ।

वेवारिसे अवस्थामा रहेको लागुऔषध फेला परेको
२०८१-०५-१७

१.      पर्सा, बिरगंज महानगरपालिका १६ बसपार्क नजिकबाट लागू औषध चरेस जस्तो देखिने पदार्थ दुई वटा पोकामा ११ के.जी. १०० ग्राम आईतवार राती प्रहरीले बरामद गरेको छ । बसपार्क नजिकै रहेको खाली चौरमा शंकास्पद कालो रंगको झोला  वेवारिसे अवस्थामा रहेको छ भन्ने खबर प्राप्त हुना साथ प्रहरी चौकी बासपार्कबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा झोला भित्र उक्त परिमाणको लागू औषध बरामद गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।  २.     बारा, जितपुरसिमरा उपमहानगरपालिका ७ बैदेही पेट्रोल पम्प स्थितबाट आईतवार बेलुका प्रहरीले बेवारिसे अवस्थामा रहेको लागू औषध गाँजा ४० के.जी. बरामद गरेको छ । बैदेही पेट्रोल पम्प अगाडी रोडको पूर्व साईडको नाला भित्र ४ ओटा झोला संकास्पद अवस्था रहेको छ भन्ने सुचना प्राप्त हुना साथ इलाका प्रहरी कार्यालय जितपुरबाट खटिएको प्रहरी टोलीले चेक जाँच गर्दा ४ ओटा झोला प्रत्येक झोलामा १० के.जी. का दरले लागू औषध फेला पारेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिबन्धित लागू औषध सहित मानिस नियन्त्रणमा
२०८१-०५-१७

१.      पर्सा, बिरगंज महानगरपालिका १६ गण्डक चोक पोष्ट स्थितबाट प्रतिबन्धित लागू औषध (TROHMA-50) नामक ९२० क्यापसुल सहित जिल्ला मकवानपुर हेटौंडा उ.म.न.पा. वडा नं.१२ बस्ने बर्ष २५ को चन्द्र बहादुर थोक्करलाई आईतवार राती प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरी चौकी गण्डकबाट खटिएको टोलीले चेक जाँच गर्ने क्रममा बिरगंजबाट हेटौंडा चल्ने प्र.२-०३-००१ ज ००८६ नम्बरको विंङ्गरको सिट मुनि चिउराको बोरामा लुकाई छिपाई लैजाँदै गरेको उक्त लागू औषध सहित निजलाई प्रहरीले नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।   २.     सप्तरी, डाक्नेश्‍वरी नगरपालिका ३ तरही स्थितबाट लागू औषध Promethazine Injection-५ एम्पुल, Phenargan Injection-५ एम्पुल र Diazepam Injection-५ एम्पुल गरी जम्मा १५ एम्पुल सहित जिल्ला सप्तरी शम्भुनाथ नगरपालिका ३ कचन्दाहा बस्ने बर्ष २४ को मिथुन कुमार पासवान र  बर्ष २५ को प्रविन पासवानलाई आईतवार बेलुका प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरी चौकी तरहीबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा भारतबाट नेपालतर्फ पैदल आँउदै गरेको अवस्थामा चेकजाँच गर्दा निजहरुलाई प्रहरीले उक्त लागू औषध सहित नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।