धारिलो हतियार प्रहार गरी हत्यामा संलग्न फरार अभियुक्त पक्राउ
२०८१-०१-३०
- A
- A-
- A+
१. सप्तरी,
मिति २०८१/०१/२७ गते बिहान अं. ०३:३० बजेको समयमा जिल्ला सप्तरी सप्तकोशी न.पा. १
मा रहेको नेपाल बैंक लिमिटेड फत्तेपुर शाखा, सप्तरीमा बैंक लुटपाट गर्ने
उद्देश्यले बैंक भित्र प्रवेश गरी सोही बैंकका सुरक्षा गार्डको रुपमा डिउटीमा
रहेका सप्तकोशी न.पा. २ बस्ने वर्ष ५५ को पर्शुराम फुंयाललाई धारिलो हतियार खुकुरी
प्रहार गरी कर्तव्य गरी हत्या गरेको घट्ना सम्बन्धमा मधेश प्रदेश प्रहरी प्रमुख
प्र.ना.म.नि. यज्ञ बिनोद पोखरेलको प्रत्यक्ष निर्देशन र समन्वयमा मधेश प्रदेश
प्रहरी कार्यालयबाट खटिएको तालिम प्राप्त कुकुर सहितको प्राविधिक टोली र जि.प्र.का
सप्तरी समेतको संयुक्त प्रहरी टोलीले अनुसन्धान गरी उक्त घट्नामा संलग्न रहेका
सप्तकोशी न.पा. ५ बस्ने वर्ष ३२ को चन्द्र बहादुर सुबेदीलाई खोजतलास गर्दै जाने
क्रममा मिति २०८१/०१/२९ गते राप्ती न.पा. १ लोथर चितवनबाट नियन्त्रणमा लिई
जि.प्र.का. सप्तरीमा ल्याई थप अनुसन्धान कार्य भईरहेको ।
घट्नामा
बरामद भएको सामानहरु:
१.
घट्नामा प्रयोग भएको खुकुरी,
२.
अभियुक्तले घट्नाको समयमा
बोकेको झोला,
३.
घट्नाको समयमा लगाएको
जुत्ता, पञ्जा, सेन्डो, टोपी र सल,
४.
घट्नामा प्रयोग भएको हेक्सो
ब्लेड, रेन्चु, पिलास, डोरी र रड,
५.
वरदात स्थलमा प्रयोग गरेको
काठ ।