प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

लागू औषध सहित मानिस नियन्त्रणमा

२०८१-०४-०१

  • A
  • A-
  • A+
Share

 

१.      बारा, जितपुसिमरा उहागरपालिका १ पथलैयाचोक स्थितबाट लागू औषध NITRAVET-10 लेखिएको ट्याब्लेट १० पत्तामा ३०० पिस ट्याब्लेट सहित जिल्ला बारा आदर्शकोतवाल नगरपालिका ४ बस्ने बर्ष २३ को शोभरात्री मन्सुरीलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी पथलैयाबाट खटिएको प्रहरी टोलीले बिरगंजबाट निजगढ तर्फ जाँदै गरेको अवस्थामा चेक जाँच गर्दा निजलाई उक्त लागू औषध सहित नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

 

२.     पर्सा, पटेर्वा सुगौली गाउँपालिका ४ देउरियाबाट अकवा जाने बाटोको हनुमान मन्दिर छेउमा बेवारिसे अवस्थामा रहेको चरेस जस्तो देखिने पदार्थ अं. २० किलो बराबरको सेतो बोरा भित्र प्लाष्टिकले बेरिएको अवस्थामा सोमबार राती प्रहरीले बरामद गरेको छ ।  इलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीबाट खटिएको प्रहरी गस्ती टोलीले बेवारिसे अवस्थामा रहेको उक्त लागू औषध बरामद गरेको हो । यस सम्बन्धमा प्रहरीले अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित समाचार
अबैध सामान सहित मानिस नियन्त्रणमा
२०८२-११-२९

१.      पर्सा, बिरगंज महानगरपालिका वडा नं. १४ स्थित गण्डक चेक प्वाईन्टबाट अबैध भन्सार छली ( बिल बिजक भन्दा बढि भएको ) खुद्रा सामानहरु गरी अन्दाजि मुल्य रु. ३,५८,५६,५३५।- (तिन करोड अन्ठाउन्न लाख छप्पन्न हजार पाँच सय पैतिस ) बराबरको समान सहित बा ४ ख ४७७ र म.प्र.०३-००२ ख ४३३७ नम्बरको दुई वटै डब्बा (ट्रक) बुधबार राति प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय पर्सा र प्रहरी चौकी गण्डकबाट खटिएको संयुक्त प्रहरी चेकिङ टोलिले बिरगंजबाट पथलैया तर्फ जादै गरेको उक्त ट्रकहरुलाई चेकजाँच गर्ने क्रममा बिल बिजक भन्दा फरक समानहरु भएकोले सामान सहित उक्त डब्बा (ट्रक) हरुलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान तथा कारवाहीको लागी राजश्व अनुसन्धान कार्यालय पथलैया, बारामा बुझाईएको छ ।

लागु औषध सहित मानिस नियन्त्रणमा
२०८२-११-२९

१.      सर्लाही, लालबन्दी नगरपालिका-१२ पत्थरकोट जियाजोरको झोलुङ्गे पुलबाट अवैध लागूऔषध गाँजा १० किलोग्राम, बा. ४७ प ४६६४ नं. को मोटरसाईकल सहित १ जनालाई बिहिबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा लालबन्दी नगरपालिका ११ बस्ने अन्दाजी बर्ष २१ को सोम बहादुर तामाङ्ग रहेका छन् । प्रहरी चौकी पत्थरकोटबाट खटिएको प्रहरी टोलिले निजलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।२.      महोत्तरी, रामगोपालपुर नगरपालिका-८ स्थितबाट अवैध लागूऔषध गाँजा १०० किलोग्राम र DL-1Co 5869 नं.को कार बिहिबार राति प्रहरीले नियन्त्रणमा लिएको छ । विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय महोत्तरी र लागू औषध ब्यूरो शाखा कार्यालय बर्दिवासबाट खटिएको प्रहरी संयुक्त टोलिले हरिणमरिणबाट ससौला तर्फ जादै गरेको कार बाटोमा रोकि रहेको अवस्थामा चेकजाँच गर्दा उक्त लागू औषध फेला परेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । ३.      धनुषा, जनकपुर उपमहानगरपालिका-८ दुधमति खोलाबाट अवैध लागूऔषध आईकफ सिरप १८ पिस, स्पासमो प्रोक्सिभेन ट्यावलेट ४१ पिस, नाईट्रोजेपाम ७७ पिस र गाँजा २ पुरीया ५० ग्राम, ज. १२ प ५२२५ नं. को मोटरसाईकल सहित २ जनालाई बिहिबार राति प्रहरीले नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा धनुषा जनकपुर उपमहानगरपालिका-२ बस्ने अन्दाजी बर्ष ४८ को राकेश तामाङ् र महोत्तरी पिपरा गाउँपालिका-७ बस्ने अन्दाजी वर्ष २६ को आलोक चौधरी रहेका छन् । जिल्ला प्रहरी कार्यालय धनुषा, प्रहरी चौकी बलबा र जिरोमाईलबाट खटिएको प्रहरी संयुक्त टोलिले उक्त लागू औषध सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

लागु औषध सहित मानिस नियन्त्रणमा
२०८२-११-२७

१.      पर्सा, छिपहरमाई गाउँपालिका-३ झलमझियाबाट अवैध लागूऔषध गाँजा १किलोग्राम सहित १ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा छिपहरमाई गाउँपालिका-३ चार्गाहा बस्ने अन्दाजि बर्ष ६५ को जमुना राउत रहेका छन् । प्रहरी चौकी बुढगाई पर्साबाट खटिएको प्रहरी टोलिले निजलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । २.      बारा, निजगढ नगरपालिका-११ रतनपुरबाट अवैध लागूऔषध  गाँजा १२ किलो २३० ग्राम सहित २ जनालाई मंगलवार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा बारा जिपुर सिमरा उप-महानगरपालिका-१९ ईनर्वा सिरहा बस्ने फह देवानको छोरा अन्दाजि वर्ष ३५ को फिरोज देवान र जिल्ला रौतहट गौर नगरपालिका-९ बस्ने समिम देवानको छोरा अन्दाजि वर्ष १९ को तरबेज आलम रहेका छन् । अस्थाई प्रहरी पोष्ट रतनपुरबाट खटिएको प्रहरी गस्ती टोलिले निजहरुलाई ग ६ प ८८५१ र मधेश प्रदेश०३-०३८प.१२०९ नं.को मोटरसाइकल र उक्त पदार्थ सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।