प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

लागु औषध सहित मानिस नियन्त्रणमा

२०८२-११-२९

  • A
  • A-
  • A+
Share

१.      सर्लाही, लालबन्दी नगरपालिका-१२ पत्थरकोट जियाजोरको झोलुङ्गे पुलबाट अवैध लागूऔषध गाँजा १० किलोग्राम, बा. ४७ प ४६६४ नं. को मोटरसाईकल सहित १ जनालाई बिहिबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा लालबन्दी नगरपालिका ११ बस्ने अन्दाजी बर्ष २१ को सोम बहादुर तामाङ्ग रहेका छन् । प्रहरी चौकी पत्थरकोटबाट खटिएको प्रहरी टोलिले निजलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

२.      महोत्तरी, रामगोपालपुर नगरपालिका-८ स्थितबाट अवैध लागूऔषध गाँजा १०० किलोग्राम र DL-1Co 5869 नं.को कार बिहिबार राति प्रहरीले नियन्त्रणमा लिएको छ । विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय महोत्तरी र लागू औषध ब्यूरो शाखा कार्यालय बर्दिवासबाट खटिएको प्रहरी संयुक्त टोलिले हरिणमरिणबाट ससौला तर्फ जादै गरेको कार बाटोमा रोकि रहेको अवस्थामा चेकजाँच गर्दा उक्त लागू औषध फेला परेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

३.      धनुषा, जनकपुर उपमहानगरपालिका-८ दुधमति खोलाबाट अवैध लागूऔषध आईकफ सिरप १८ पिस, स्पासमो प्रोक्सिभेन ट्यावलेट ४१ पिस, नाईट्रोजेपाम ७७ पिस र गाँजा २ पुरीया ५० ग्राम, ज. १२ प ५२२५ नं. को मोटरसाईकल सहित २ जनालाई बिहिबार राति प्रहरीले नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा धनुषा जनकपुर उपमहानगरपालिका-२ बस्ने अन्दाजी बर्ष ४८ को राकेश तामाङ् र महोत्तरी पिपरा गाउँपालिका-७ बस्ने अन्दाजी वर्ष २६ को आलोक चौधरी रहेका छन् । जिल्ला प्रहरी कार्यालय धनुषा, प्रहरी चौकी बलबा र जिरोमाईलबाट खटिएको प्रहरी संयुक्त टोलिले उक्त लागू औषध सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित समाचार
अवैध हतियार नियन्त्रणमा ।
२०८३-०६-०१

१.      पर्सा, पटर्वा सुगौली गाउँपालिका-०१ भाठा गेटबाट भित्री जंगलबाट बेवारिसे भरुवा बन्दुक थान-१ प्रहरीले नियन्त्रणमा लिएको छ । इलाका प्रहरी कार्यालय पटेर्वा सुगौली पर्साबाट खटिएको प्रहरी गस्ती टोलिले उक्त भरुवा बन्दुक फेला पारी नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । २.      पर्सा, बिरगंज महानगरपालिका-१५ भेडीयाही स्थितबाट बेवारिसे काठको बिड भएको कटुवा पेस्तोल थान-३, कटुवा रिभल्वर थान-१ , गोली ६ राउण्ड सहित UP 16 AJ 3301 नम्बरको मारुती गाडी बुधबार राती प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय पर्सा र वडा प्रहरी कार्यालय पर्साबाट खटिएको संयुक्त प्रहरी टोलिले बिशेष सुचनाको आधारमा भेडियाहि सितला मन्दिर स्थित बाटोको छेउमा पार्किङ गरी राखेको उक्त गाडीमाथी शंकालागी चेकजाँच उक्त गैरकानूनी हतियार र गोली फेला पारी मारुती गाडी सहित नियन्त्रणमा लिएको हो । फरार रहेको मानिसको खोजतलास तथा यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

स्रोत नखुलेको रकम सहित मानिस नियन्त्रणमा ।
२०८३-०६-०१

धनुषा, धनौजी गाउँपालिका-०२ गोरदाहा देउरी भित्री सडक खण्ड स्थितबाट स्रोत नखुलेको रकम रु.१३,६५,०००/- (तेह्र लाख पैंसट्ठी हजार), BR 32 BB 1899  नम्बरको मोटरसाईकल सहित १ जनालाई बुधबार दिउँसो प्रहरीले नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा देश भारत जिल्ला मधुवनी ग्राम खौना बस्ने अन्दाजि बर्ष ३५ को राधाकान्त बयार रहेका छन् । प्रहरी चौकी धनौजी ख धनुषाबाट खटिएको प्रहरी चेकिङ् टोलिले लखौरीबाट गोरदाहा तर्फ आउँदै गरेको उक्त मोटरसाईकलमाथी शंका लागि नियन्त्रणमा लिई चेकजाँच गर्दा उक्त रकम फेला पारी रकम र मोटरसाईकल सहित निजलाई नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

फरार प्रतिवादी नियन्त्रण सम्बन्धी
२०८३-०५-३१

१.      बारा, जितपुर सिमरा उप-महानगरपालिक-१० नितपुर स्थितबाट फरार प्रतिवादी पर्सा पर्सागढी नगरपालिका-०६ बागेश्वरी चैनपुर बस्ने काशी प्रसाद यादवको छोरा अंन्दाजि बर्ष ४५को प्रमोद प्रसाद यादवलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय सिमरा बाराबाट खटिएको प्रहरी टोलिले सवारी दुर्घटना मुद्दाका फरार रहेको निज प्रतिवादीलाई नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । २.      बारा, निजगढ नगरपालिका-१३ स्थितबाट फरार प्रतिवादी सोहि स्थानमा बस्ने बुद्दिमान बलको छोरा अंन्दाजि बर्ष ४१को धन बहादुर बललाई मंगलबार दिउँसो प्रहरी पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय निजगढ बाराबाट खटिएको प्रहरी टोलिले लागूऔषध मुद्दाका फरार रहेका निज प्रतिवादीलाई नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

लागूऔषध सहित मानिस नियन्त्रण सम्बन्धी
२०८३-०५-३१

१.      पर्सा, बिरगंज महानगरपालिका-१७ अलौ गाउँ स्थितबाट लागूऔषध चरेस जस्तो जस्तो देखिने पदार्थ ९.५७८ किलोग्राम, HP  94-4983 नम्बरको मोटरसाईकल सहित १ जनालाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा देश भारत मोतिहारी जिल्ला थाना हरसिद्दि ग्राम पंचायत बैरियाडिह वडा नं.९ बैरियाडिह बस्ने बिरबल चौधरीको छोरा अंन्दाजि १९ को संदिप चौधरी रहेका छन् । प्रहरी चौकी सिर्सिया र सशस्त्र प्रहरी बल नेपाल सिमा सुरक्षा गुल्म हे.क्वा. अलौ पर्साबाट खटिएको संयुक्त गस्ति टोलिले उक्त लागूऔषध सहित निजलाई नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । २.      सिरहा, सिरहा नगरपालिका-०१ हुलाकी सडक खण्ड स्थितबाट बेवारिसे लागूऔषध गाँजा १०५ किलोग्राम सहित ज १ च १२१३ नम्बरको एम्बुलेन्स मंगलबार राती प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय सिरहाबाट खटिएको प्रहरी टोलिले उक्त लागूऔषध फेला पारी एम्बुलेन्स सहित नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।