लागूऔषध सहित मानिस नियन्त्रण सम्बन्धी
२०८३-०५-३१
- A
- A-
- A+
१.
पर्सा, बिरगंज महानगरपालिका-१७ अलौ गाउँ
स्थितबाट लागूऔषध चरेस जस्तो जस्तो देखिने पदार्थ ९.५७८ किलोग्राम, HP 94-4983 नम्बरको मोटरसाईकल सहित १
जनालाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा देश भारत मोतिहारी
जिल्ला थाना हरसिद्दि ग्राम पंचायत बैरियाडिह वडा नं.९ बैरियाडिह बस्ने बिरबल
चौधरीको छोरा अंन्दाजि १९ को संदिप चौधरी रहेका छन् । प्रहरी चौकी सिर्सिया र
सशस्त्र प्रहरी बल नेपाल सिमा सुरक्षा गुल्म हे.क्वा. अलौ पर्साबाट खटिएको संयुक्त
गस्ति टोलिले उक्त लागूऔषध सहित निजलाई नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा
प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
२.
सिरहा, सिरहा नगरपालिका-०१ हुलाकी सडक खण्ड
स्थितबाट बेवारिसे लागूऔषध गाँजा १०५ किलोग्राम सहित ज १ च १२१३ नम्बरको
एम्बुलेन्स मंगलबार राती प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय
सिरहाबाट खटिएको प्रहरी टोलिले उक्त लागूऔषध फेला पारी एम्बुलेन्स सहित
नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।