फरार प्रतिवादी नियन्त्रणमा ।
२०८३-०५-२९
- A
- A-
- A+
१.
पर्सा, पर्सागढी नगरपालिका-०४ स्थितबाट फरार
प्रतिवादी सोही स्थानमा बस्ने उपेन्द्र सिंहको छोरा बर्ष ३७ को आलोक कुमार सिंहलाई
आईतबार साँझ प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौक बड्निहार पर्साबाट खटिएको
प्रहरी टोलिले चेकजाँचको क्रममा चेक अनादर मुद्धाका फरार रहेका निज प्रतिवादीलाई
नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
२. बारा
जिल्लाका बिभिन्न स्थानबाट लेनदेन बिगो मुद्बाको फरार
प्रतिवादी बारा कलैया उप-महानगरपालिका-०३ भवानीपुर टोल बस्ने बागड मियाको छोरा अन्दाजि
वर्ष ५३ को महमद मुस्तफा मंसुर, अपराधिक बिश्वासघात तथा अनुचित लेनदेन मुद्बाको
फरार प्रतिवादी बारा परवानीपुर गाउँपालिका-०५ बहुअरी बस्ने बासी साहको छोरा अन्दाजि
बर्ष ४३ को रामबाबु साह कानु र करणी
सम्बन्धी कसुर मुद्दाको फरार प्रतिवादी बारा बिश्रामपुर गाउँपालिका-०३ बस्ने राम
पुकार महतोको छोरा अन्दाजि बर्ष २७ को सुनिल मण्डल समेतलाई आईतबार प्रहरीले पक्राउ गरेको छ । यस सम्बन्धमा
प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
३.
महोत्तरी, सोनमा गाउँपालिका-०४ बाट फरार
प्रतिवादी सोही स्थानमा बस्ने कैचलाल यादबको छोरा बर्ष अन्दाजि ५३ को सिताशरण
यादबलाई आईतबार साँझ प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय खैरबनी
सप्तरीबाट खटिएको प्रहरी टोलिले चेकजाँचको क्रममा अभद्र ब्यवहार मुद्धाका फरार
रहेका निज प्रतिवादीलाई नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक
अनुसन्धान गरिरहेको छ ।
४.
धनुषा, क्षिलेश्वरनाथ नगरपालिका-०२ रम्दैया
स्थितबाट फरार प्रतिवादी सोही स्थानमा बस्ने अन्दाजि वर्ष ३३ को प्रमोद कुमार
मण्डललाई आईतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय
धनुषाबाट खटिएको प्रहरी टोलिले चेकजाँचको क्रममा कर्तब्य ज्यान सम्बन्धि कसुर मुद्धाका
फरार रहेका निज प्रतिवादीलाई नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक
अनुसन्धान गरिरहेको छ ।