प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

फरार प्रतिवादी नियन्त्रण सम्बन्धी

२०८३-०६-३०

  • A
  • A-
  • A+
Share


१.      सर्लाही, बागमती नगरपालिका-०१ बाट फरार प्रतिवादी सोही स्थानमा बस्ने अन्दाजि बर्ष ४८ को मेघराज भन्ने बाबु थापालाई बिहिबार बिहान प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय सर्लाही र इलाका प्रहरी कार्यालय हरिवन सर्लाहीबाट खटिएको संयुक्त प्रहरी टोलीले चेकजाँच गर्दा कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी आफ्नै घरमा लुकीछिपी बसिरहेको अवस्थामा निजलाई (सर्वोच्च अदालतका तत्कालिन न्यायधिश रण बहादुर बमको गोली हानि हत्यामा संलग्न) नियन्त्रणमा लिई खानतलासी गर्दा निजको साथबाट MADE IN U.S.A लेखिएको पेस्तोल थान १ र अर्को नाम नखुलेको पेस्तोल थान १, म्यग्जिन थान ३ , गोली १५ राउण्ड, मोबाईल थान-२ र नगत रु. १७,११२/- सहित पक्राउ गरिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

२.      बारा जिल्लाका बिभिन्न स्थानबाट अभद्र व्यवहार मुद्बाको फरार प्रतिवादी बारा पचरौता नगरपालिका-०८ बाजोपट्टी बस्ने वर्ष ३३ को वली दुर्गा प्रसाद यादव, ठगी मुद्बाको फरार प्रतिवादी बारा आदर्श कोतवाल गाउँपालिका-०३ बस्ने वर्ष ४० को बदन प्रसाद यादव र लागूऔषध मुद्दाको फरार प्रतिवादी कलैया उप-महानगरपालिका-१३ बलिरामपुर बस्ने अन्दाजि बर्ष २२ को दिपेश कुमार साह समेतलाई बिहिबार प्रहरीले पक्राउ गरेको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

३.      महोत्तरी, गौशाला नगरपालिका-०५ गौशाला स्थितबाट फरार प्रतिवादी सोही स्थानमा बस्ने अन्दाजि वर्ष १९ को अर्जुन साहलाई बिहिबार साँझ प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय गौशाला महोत्तरीबाट खटिएको प्रहरी टोलिले चेकजाँच गर्दा सवारी ज्यान मुद्दाका फरार रहेका निज प्रतिवादीलाई नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित समाचार
लागूऔषध सहित मानिस नियन्त्रण सम्बन्धी
२०८३-०६-२९

१.      सर्लाही, हरिवन नगरपालिका-०४ तिनघरे स्थितबाट लागूऔषध ब्राउन सुगर जस्तो देखिने पदार्थ २३.३१ ग्राम सहित २ जनालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोही स्थानमा बस्ने सुकमान पाख्रिनको छोरा बर्ष ३२ को सागर पाख्रिन र बिर बहादुर भुजेलको छोरा बर्ष २५ को राजु भुजेल रहेका छन् । इलाका प्रहरी कार्यालय हरिवन सर्लाही र लागूऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय बर्दिबास महोत्तरीबाट खटिएको संयुक्त प्रहरी टोलिले उक्त लागूऔषध सहित निजहरुलाई नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।२.      महोत्तरी, बलवा नगरपालिका-०८ सरन्चिया टिकुलिया स्थितबाट लागूऔषध NITRAZEPAM-२६ पिस र SPASMO-१ पिस सहित २ जनालाई बुधबार राती प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा लोहरपट्टी नगरपालिका-०५ स्टेसन टोल बस्ने अन्दाजि बर्ष १८ को धर्मेन्द्र मण्डल र सोही स्थानमा बस्ने अन्दाजि बर्ष २६ को ललिन्द्र मण्डल रहेका छन् । इलाका प्रहरी कार्यालय बलवा सर्लाहीबाट खटिएको प्रहरी टोलिले उक्त लागूऔषध सहित निजहरुलाई नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

लागूऔषध सहित मानिस नियन्त्रण सम्बन्धी
२०८३-०६-२८

१.      धनुषा, जनकपुर गप-महानगरपालिका-१० जानकी मन्दिर स्थितबाट लागूऔषध गाँजा २४० ग्राम सहित १ जनालाई मंगलबार राती प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा देश भारत राज्य बिहार जिल्ला बैसाली थाना लालगंज बस्ने राजकपुर दासको छोरा अन्दाजि बर्ष ३० को पवन कुमार दास रहेका छन् । प्रहरी चौकी जनकपुरधाम धनुषाबाट खटिएको प्रहरी टोलिले उक्त लागूऔषध सहित निजलाई नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । २.      सप्तरी, बलान बिहुल गाउँपालिका-०१ सेहरा चौक स्थितबाट वेवारिसे लागूऔषध गाँजा ५१.९९० किलोग्राम मंगलबार दिउँसो प्रहरीले नियन्त्रणमा लिएको छ । इलाका प्रहरी कार्यालय बिदेबर्साईन र प्रहरी चौकी मौवाहा सप्तरीबाट खटिएको संयुक्त प्रहरी टोलिले उक्त लागूऔषध फेला पारी नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

लागु औषध नियन्त्रण
२०८३-०६-२७

Ø बिरगंज,महानगरपालिका-१६ रजतजयन्ती चोक स्थितबाट ब्राउन सुगर जस्तो देखिने पदार्थ प्लाष्टिक सहित तौल गर्दा ४ ग्राम, ११० मिलिग्राम र प्लाष्टिक बाहेक तौल गर्दा ३ ग्राम ८४० मिलि ग्राम चेकजाँच  गर्ने क्रममा भारत रक्सौल बाट नेपाल तर्फ पैदल आउँदै गरेको मकवानपुर हेटौडा उप-महानगरपालिका -१४ बस्ने विनोद कार्कीको  छोरा अ. बर्ष २६ को बिधान कार्कीलाई प्रहरी चौकी इनर्वा पर्साले नियन्त्रणमा लिएको छ । आवश्यक अनुसन्धान गरि रहेको छ ।Ø बिरगंज,महानगरपालिका-१६ सिर्सिया चोक स्थितबाट ब्राउन सुगर जस्तो देखिने पदार्थ प्लाष्टिक सहित तौल गर्दा ६१० मिलिग्राम चेकजाँच गर्ने क्रममा भारतबाट नेपाल तर्फ आउँदै गरेको ना.१६ प ४०३५ नम्बरको मोटरसाईकल चालक बिरगंज महानगरपालिका वडा नं. १५ बस्ने दिगम्बर कुमार सिंहको  छोरा अ. बर्ष १९ को सिधान्त सिंह र सोहि मोटरसाईकलमा सवार  ए.ए. बस्ने अ. बर्ष १८ को सुरज पटेललाई इलाका प्रहरी कार्यालय छपकैया पर्साले नियन्त्रणमा लिएको छ । आवश्यक अनुसन्धान गरि रहेको छ ।Ø बाराको पचरौता नगरपालिका–६, चिकनी स्थित धानखेतबाट ५५ केजी गाँजासहित पचरौता नगरपालिका –३, रामनगर टोल बस्ने दिपलाल प्रसाद यादवको छोरा अं. बर्ष ४५ को राजकिशोर प्रसाद यादवलाई नियन्त्रणमा लिएको छ भने अन्य तीन जना फरार रहेकाले खोजतलास भइरहेको छ ।Ø बिरगंज,महानगरपालिका-१६ रजतजयन्ती चोक स्थितबाट ब्राउन सुगर जस्तो देखिने पदार्थ प्लाष्टिक सहित तौल गर्दा ४ ग्राम, २८० मिलिग्राम र प्लाष्टिक बाहेक तौल गर्दा ३ ग्राम ८८० मिलि ग्राम चेकजाँच  गर्ने क्रममा भारत रक्सौल बाट नेपाल तर्फ पैदल आउँदै गरेको मकवानपुर हेटौडा उप-महानगरपालिका -०२ बस्ने रामलाल मानन्धरको छोरा अ. बर्ष २० को राजु मानन्धरको प्रहरी चौकी इनर्वा पर्साले नियन्त्रणमा लिएको छ । आवश्यक अनुसन्धान गरि रहेको छ ।