प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

फरार कैदी/बन्दी नियन्त्रण सम्बन्धी

२०८३-०६-२८

  • A
  • A-
  • A+
Share


१.      सिरहा, बिष्णुपुर गाउँपालिका-०१ स्थितबाट GEN-Z को आन्दोलनको क्रममा कारागार कार्यालय गौर रौतहटबाट फरार रहेका कैदी रौतहट बृन्दावन नगरपालिका-०६ हर्षहा बस्ने बजरंगी लाल ठाकुरको छोरा अन्दाजि बर्ष २५ को सुनिल कुमार शर्मालाई मंगलबार साँझ प्रहरीले नियन्त्रणमा लिएको छ । इलाका प्रहरी कार्यालय बिष्णुपुरबाट खटिएको प्रहरी टोलिले चेकजाँचको क्रममा बहुबिबाह मुद्धाका फरार कैदीलाई नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित समाचार
लागूऔषध सहित मानिस नियन्त्रण सम्बन्धी
२०८३-०६-२८

१.      धनुषा, जनकपुर गप-महानगरपालिका-१० जानकी मन्दिर स्थितबाट लागूऔषध गाँजा २४० ग्राम सहित १ जनालाई मंगलबार राती प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा देश भारत राज्य बिहार जिल्ला बैसाली थाना लालगंज बस्ने राजकपुर दासको छोरा अन्दाजि बर्ष ३० को पवन कुमार दास रहेका छन् । प्रहरी चौकी जनकपुरधाम धनुषाबाट खटिएको प्रहरी टोलिले उक्त लागूऔषध सहित निजलाई नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । २.      सप्तरी, बलान बिहुल गाउँपालिका-०१ सेहरा चौक स्थितबाट वेवारिसे लागूऔषध गाँजा ५१.९९० किलोग्राम मंगलबार दिउँसो प्रहरीले नियन्त्रणमा लिएको छ । इलाका प्रहरी कार्यालय बिदेबर्साईन र प्रहरी चौकी मौवाहा सप्तरीबाट खटिएको संयुक्त प्रहरी टोलिले उक्त लागूऔषध फेला पारी नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

लागु औषध नियन्त्रण
२०८३-०६-२७

Ø बिरगंज,महानगरपालिका-१६ रजतजयन्ती चोक स्थितबाट ब्राउन सुगर जस्तो देखिने पदार्थ प्लाष्टिक सहित तौल गर्दा ४ ग्राम, ११० मिलिग्राम र प्लाष्टिक बाहेक तौल गर्दा ३ ग्राम ८४० मिलि ग्राम चेकजाँच  गर्ने क्रममा भारत रक्सौल बाट नेपाल तर्फ पैदल आउँदै गरेको मकवानपुर हेटौडा उप-महानगरपालिका -१४ बस्ने विनोद कार्कीको  छोरा अ. बर्ष २६ को बिधान कार्कीलाई प्रहरी चौकी इनर्वा पर्साले नियन्त्रणमा लिएको छ । आवश्यक अनुसन्धान गरि रहेको छ ।Ø बिरगंज,महानगरपालिका-१६ सिर्सिया चोक स्थितबाट ब्राउन सुगर जस्तो देखिने पदार्थ प्लाष्टिक सहित तौल गर्दा ६१० मिलिग्राम चेकजाँच गर्ने क्रममा भारतबाट नेपाल तर्फ आउँदै गरेको ना.१६ प ४०३५ नम्बरको मोटरसाईकल चालक बिरगंज महानगरपालिका वडा नं. १५ बस्ने दिगम्बर कुमार सिंहको  छोरा अ. बर्ष १९ को सिधान्त सिंह र सोहि मोटरसाईकलमा सवार  ए.ए. बस्ने अ. बर्ष १८ को सुरज पटेललाई इलाका प्रहरी कार्यालय छपकैया पर्साले नियन्त्रणमा लिएको छ । आवश्यक अनुसन्धान गरि रहेको छ ।Ø बाराको पचरौता नगरपालिका–६, चिकनी स्थित धानखेतबाट ५५ केजी गाँजासहित पचरौता नगरपालिका –३, रामनगर टोल बस्ने दिपलाल प्रसाद यादवको छोरा अं. बर्ष ४५ को राजकिशोर प्रसाद यादवलाई नियन्त्रणमा लिएको छ भने अन्य तीन जना फरार रहेकाले खोजतलास भइरहेको छ ।Ø बिरगंज,महानगरपालिका-१६ रजतजयन्ती चोक स्थितबाट ब्राउन सुगर जस्तो देखिने पदार्थ प्लाष्टिक सहित तौल गर्दा ४ ग्राम, २८० मिलिग्राम र प्लाष्टिक बाहेक तौल गर्दा ३ ग्राम ८८० मिलि ग्राम चेकजाँच  गर्ने क्रममा भारत रक्सौल बाट नेपाल तर्फ पैदल आउँदै गरेको मकवानपुर हेटौडा उप-महानगरपालिका -०२ बस्ने रामलाल मानन्धरको छोरा अ. बर्ष २० को राजु मानन्धरको प्रहरी चौकी इनर्वा पर्साले नियन्त्रणमा लिएको छ । आवश्यक अनुसन्धान गरि रहेको छ ।  

लागूऔषध सहित मानिस नियन्त्रण सम्बन्धी
२०८३-०६-२७

१.      सिरहा, गोलबजार नगरपालिका-०१ बेरीवाण स्थितबाट लागूऔषध ब्राउन सुगर जस्तो देखिने पदार्थ ४ ग्राम, स ६ प ७३३७ नम्बरको मोटरसाईकल सहित २ जनालाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा धनगढीमाई नगरपालिका-१३ बस्ने जुगेश्वर यादवको छोरा अन्दाजि बर्ष १९ को सुरज यादव र सोही स्थानमा बस्ने दिनेश यादवको छोरा अन्दाजि बर्ष १९ को  श्यमबाबु कुमार यादव रहेका छन् । प्रहरी चौकी मुक्सार सिरहा र लागऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय गोलबजार सिरहाबाट खटिएको संयुक्त प्रहरी टोलिले उक्त लागूऔषध र मोटरसाईकल सहित निजहरुलाई नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । २.      सिरहा, सखुवानन्कारकट्टी गाउँपालिका-०५ कल्याण्पुर स्थितबाट लागूऔषध गाँजा ९० किलोग्राम सहित १ जनालाई सोमबार राती प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोही स्थानमा बस्ने हिरा यादवको छोरा बर्ष अन्दाजि ४३ को जगदिश यादव रहेका छन् । इलाका प्रहरी कार्यालय लहान र इलाका प्रहरी कार्यालय महेश्वरी सिरहाबाट खटिएको संयुक्त प्रहरी टोलिले उक्त लागूऔषध सहित निजलाई नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।