लागूऔषध सहित मानिस नियन्त्रण सम्बन्धी
२०८३-०६-२९
- A
- A-
- A+
१. सर्लाही, हरिवन नगरपालिका-०४ तिनघरे स्थितबाट लागूऔषध ब्राउन सुगर जस्तो देखिने पदार्थ २३.३१ ग्राम सहित २ जनालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोही स्थानमा बस्ने सुकमान पाख्रिनको छोरा बर्ष ३२ को सागर पाख्रिन र बिर बहादुर भुजेलको छोरा बर्ष २५ को राजु भुजेल रहेका छन् । इलाका प्रहरी कार्यालय हरिवन सर्लाही र लागूऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय बर्दिबास महोत्तरीबाट खटिएको संयुक्त प्रहरी टोलिले उक्त लागूऔषध सहित निजहरुलाई नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
२. महोत्तरी,
बलवा नगरपालिका-०८ सरन्चिया टिकुलिया स्थितबाट लागूऔषध NITRAZEPAM-२६ पिस र SPASMO-१ पिस सहित २ जनालाई बुधबार
राती प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा लोहरपट्टी नगरपालिका-०५
स्टेसन टोल बस्ने अन्दाजि बर्ष १८ को धर्मेन्द्र मण्डल र सोही स्थानमा बस्ने अन्दाजि
बर्ष २६ को ललिन्द्र मण्डल रहेका छन् । इलाका प्रहरी
कार्यालय बलवा सर्लाहीबाट खटिएको प्रहरी टोलिले उक्त लागूऔषध सहित निजहरुलाई नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा
प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।