प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

लागु औषध नियन्त्रण

२०८३-०६-२७

  • A
  • A-
  • A+
Share


Ø बिरगंज,महानगरपालिका-१६ रजतजयन्ती चोक स्थितबाट ब्राउन सुगर जस्तो देखिने पदार्थ प्लाष्टिक सहित तौल गर्दा ४ ग्राम, ११० मिलिग्राम र प्लाष्टिक बाहेक तौल गर्दा ३ ग्राम ८४० मिलि ग्राम चेकजाँच  गर्ने क्रममा भारत रक्सौल बाट नेपाल तर्फ पैदल आउँदै गरेको मकवानपुर हेटौडा उप-महानगरपालिका -१४ बस्ने विनोद कार्कीको  छोरा अ. बर्ष २६ को बिधान कार्कीलाई प्रहरी चौकी इनर्वा पर्साले नियन्त्रणमा लिएको छ । आवश्यक अनुसन्धान गरि रहेको छ ।

Ø बिरगंज,महानगरपालिका-१६ सिर्सिया चोक स्थितबाट ब्राउन सुगर जस्तो देखिने पदार्थ प्लाष्टिक सहित तौल गर्दा ६१० मिलिग्राम चेकजाँच गर्ने क्रममा भारतबाट नेपाल तर्फ आउँदै गरेको ना.१६ प ४०३५ नम्बरको मोटरसाईकल चालक बिरगंज महानगरपालिका वडा नं. १५ बस्ने दिगम्बर कुमार सिंहको  छोरा अ. बर्ष १९ को सिधान्त सिंह र सोहि मोटरसाईकलमा सवार  ए.ए. बस्ने अ. बर्ष १८ को सुरज पटेललाई इलाका प्रहरी कार्यालय छपकैया पर्साले नियन्त्रणमा लिएको छ । आवश्यक अनुसन्धान गरि रहेको छ ।

Ø बाराको पचरौता नगरपालिका–६, चिकनी स्थित धानखेतबाट ५५ केजी गाँजासहित पचरौता नगरपालिका –३, रामनगर टोल बस्ने दिपलाल प्रसाद यादवको छोरा अं. बर्ष ४५ को राजकिशोर प्रसाद यादवलाई नियन्त्रणमा लिएको छ भने अन्य तीन जना फरार रहेकाले खोजतलास भइरहेको छ ।

Ø बिरगंज,महानगरपालिका-१६ रजतजयन्ती चोक स्थितबाट ब्राउन सुगर जस्तो देखिने पदार्थ प्लाष्टिक सहित तौल गर्दा ४ ग्राम, २८० मिलिग्राम र प्लाष्टिक बाहेक तौल गर्दा ३ ग्राम ८८० मिलि ग्राम चेकजाँच  गर्ने क्रममा भारत रक्सौल बाट नेपाल तर्फ पैदल आउँदै गरेको मकवानपुर हेटौडा उप-महानगरपालिका -०२ बस्ने रामलाल मानन्धरको छोरा अ. बर्ष २० को राजु मानन्धरको प्रहरी चौकी इनर्वा पर्साले नियन्त्रणमा लिएको छ । आवश्यक अनुसन्धान गरि रहेको छ ।

 

सम्बन्धित समाचार
लागूऔषध सहित मानिस नियन्त्रण सम्बन्धी
२०८३-०६-२७

१.      सिरहा, गोलबजार नगरपालिका-०१ बेरीवाण स्थितबाट लागूऔषध ब्राउन सुगर जस्तो देखिने पदार्थ ४ ग्राम, स ६ प ७३३७ नम्बरको मोटरसाईकल सहित २ जनालाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा धनगढीमाई नगरपालिका-१३ बस्ने जुगेश्वर यादवको छोरा अन्दाजि बर्ष १९ को सुरज यादव र सोही स्थानमा बस्ने दिनेश यादवको छोरा अन्दाजि बर्ष १९ को  श्यमबाबु कुमार यादव रहेका छन् । प्रहरी चौकी मुक्सार सिरहा र लागऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय गोलबजार सिरहाबाट खटिएको संयुक्त प्रहरी टोलिले उक्त लागूऔषध र मोटरसाईकल सहित निजहरुलाई नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । २.      सिरहा, सखुवानन्कारकट्टी गाउँपालिका-०५ कल्याण्पुर स्थितबाट लागूऔषध गाँजा ९० किलोग्राम सहित १ जनालाई सोमबार राती प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोही स्थानमा बस्ने हिरा यादवको छोरा बर्ष अन्दाजि ४३ को जगदिश यादव रहेका छन् । इलाका प्रहरी कार्यालय लहान र इलाका प्रहरी कार्यालय महेश्वरी सिरहाबाट खटिएको संयुक्त प्रहरी टोलिले उक्त लागूऔषध सहित निजलाई नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

फरार प्रतिवादी नियन्त्रण
२०८३-०६-२३

Ø बारा जितपुरसिमरा उप-महानगरपालिका वडा नं.२२ स्थित ३ नं. पुल नजिक बस्ने मुद्दा नं. ०८०-c1-0604 चोरी मुद्दा समबन्धको २ वर्ष कैद, रु २०,०००।– जरीवाना तोकिएका फरार प्रतिवादी वर्ष ६३ को चन्द्र बहादुर पाख्रिन लाई प्रहरी टोलीद्वारा पक्राउ गरी आवश्यक कार्वाही अगाडी बढाईएको । Ø सिरहा नगरपालिका - १४ खिरौना बस्ने मोहन दासको छोरा अन्दाजी बर्ष १९ को सतिस दासलाई बेलुकी म्याद थपको लागि सिरहा जिल्ला अदालत लगेकोमा २० दिन म्याद थप गराई जिल्ला प्रहरी कार्यालय सिरहा तर्फ ल्याउने क्रममा अदालतको  परिसर भित्रबाट हातबाट हत्कडी निकाली थुनुवा भागेको भन्ने खबर दिउसो जिल्ला प्रहरीकार्यालय सिरहामा प्राप्त हुनसाथ थुनुवाको घर वतन लगायत भाग्न सक्ने बिभिन्न सम्भावित स्थानहरूमा प्रहरी परिचालन गरी खोज तलास गर्ने कार्य अगाडी बढाइको छ । 

लागूऔषध सहित मानिस नियन्त्रण सम्बन्धी
२०८३-०६-२२

१.     सिरहा,नगरपालिका-२१ स्थितबाट ब्राउन सुगर जस्तो देखिने लिसाईलो(गिलो) पदार्थ प्लाष्टिक सहित तौल गर्दा १५१ ग्राम, १०७ मिलिग्राम र प्लाष्टिक बाहेक तौल गर्दा १४३ ग्राम ७४० मिलि ग्राम बरामद भई चेकजाँच गर्दा सिरहा नगरपालिका १४ बस्ने उमेश दासको छोरा अंन्दाजी बर्ष- १९ को सतिस दास र सिरहा नगरपालिका -१४ बस्ने बस्ने नन्द कुमार मण्डलको छोरा अंन्दाजी  बर्ष- ३५ को आईसोत मण्डललाई प्रहरी चौकी लकडोगोठबाट खटिएको टोलीले २ थान मोबाईल र मोटर साईकल समेत नियन्त्रणमा लिएको छ । आवश्यक अनुसन्धान गरि रहेको छ । २.     सप्तरी,बोदे बर्साईन नगरपालिका -५ स्थितबाट चेकजाँच गर्दा ब्राउनसुगर जस्तो देखिने गिलो लागु औषध प्लासटिक सहित ७६ ग्राम, ८८० मिलिग्राग बरामद भएकोमा २ जना मानिसलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सप्तरी बलानबिहुल गाँउ पालिका-५ रामनगर बस्ने मुखालाल यादवको छोरा अंन्दाजी वर्ष-२१ को राकेश यादव र भारत जिल्ला मधुवनी बिहार ग्राम पञ्चायत बासदेवपुर गाँउ बस्ने अनुबारुल हकको छोरा अंन्दाजी बर्ष- २६ को ईन्तीयाज आलमलाई लागु औषध ब्युरो कार्यालय सिरहा र ईलाका प्रहरी कार्यालय बोदे बर्साईनबाट खटिएको संयुक्त टोलीले नियन्त्रणमा लिएको छ । थप आवश्यक अनुसन्धान गरिरहेको छ ।