लागूऔषध सहित मानिस नियन्त्रण सम्बन्धी
२०८३-०६-२८
- A
- A-
- A+
१.
धनुषा, जनकपुर
गप-महानगरपालिका-१० जानकी मन्दिर स्थितबाट लागूऔषध गाँजा २४० ग्राम सहित १ जनालाई मंगलबार
राती प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा देश भारत राज्य
बिहार जिल्ला बैसाली थाना लालगंज बस्ने राजकपुर दासको छोरा अन्दाजि बर्ष ३० को पवन
कुमार दास रहेका छन् । प्रहरी चौकी
जनकपुरधाम धनुषाबाट खटिएको प्रहरी टोलिले उक्त लागूऔषध
सहित निजलाई नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान
गरिरहेको छ ।
२.
सप्तरी, बलान बिहुल
गाउँपालिका-०१ सेहरा चौक स्थितबाट वेवारिसे लागूऔषध गाँजा ५१.९९० किलोग्राम
मंगलबार दिउँसो प्रहरीले नियन्त्रणमा लिएको छ । इलाका प्रहरी
कार्यालय बिदेबर्साईन र प्रहरी चौकी मौवाहा सप्तरीबाट खटिएको संयुक्त प्रहरी टोलिले
उक्त लागूऔषध फेला पारी नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा
प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।