लागूऔषध सहित मानिस नियन्त्रण सम्बन्धी
२०८३-०६-२७
- A
- A-
- A+
१.
सिरहा, गोलबजार
नगरपालिका-०१ बेरीवाण स्थितबाट लागूऔषध ब्राउन सुगर जस्तो देखिने पदार्थ ४ ग्राम, स ६ प
७३३७ नम्बरको मोटरसाईकल सहित
२ जनालाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ
। पक्राउ पर्नेमा
धनगढीमाई नगरपालिका-१३ बस्ने जुगेश्वर यादवको छोरा अन्दाजि बर्ष १९ को सुरज यादव र
सोही स्थानमा बस्ने दिनेश यादवको छोरा अन्दाजि बर्ष १९ को श्यमबाबु कुमार यादव रहेका
छन् ।
प्रहरी चौकी मुक्सार सिरहा र लागऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय गोलबजार सिरहाबाट
खटिएको संयुक्त प्रहरी टोलिले उक्त लागूऔषध र
मोटरसाईकल सहित निजहरुलाई नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा
प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
२.
सिरहा, सखुवानन्कारकट्टी
गाउँपालिका-०५ कल्याण्पुर स्थितबाट लागूऔषध गाँजा ९० किलोग्राम सहित १ जनालाई सोमबार
राती प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोही स्थानमा बस्ने हिरा
यादवको छोरा बर्ष अन्दाजि ४३ को जगदिश यादव रहेका
छन् ।
इलाका प्रहरी कार्यालय लहान र इलाका प्रहरी कार्यालय महेश्वरी सिरहाबाट खटिएको संयुक्त
प्रहरी टोलिले उक्त लागूऔषध सहित निजलाई नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा
प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।