लागूऔषध सहित मानिस नियन्त्रणमा ।
२०८३-०५-२८
- A
- A-
- A+
१. पर्सा,
बिरगंज महानगरपालिका-१६ स्थितबाट लागूऔषध ब्राउन सुगर जस्तो देखिने पदार्थ ४८०
मिलिग्राम सहित
१ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको
छ । पक्राउ पर्नेमा पर्सा बीरगंज महानगरपालिका-११ बस्ने शेख मनोहरको छोरा अन्दाजि
बर्ष १८ को शेख समिर रहेका छन् । प्रहरी चौकी इनर्वा र
लागूऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय बिरगंज पर्साबाट खटिएको संयुक्त प्रहरी टोलिले उक्त लागूऔषध सहित निजलाई नियन्त्रणमा लिएको हो
। यस
सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
२.
सर्लाही, हरिवन
नगरपालिका-०२ खोर
गाँउ गुहे खोला स्थितबाट बेवारिसे लागूऔषध गाँजा
६२.००४ किलोग्राम, RJT-SCEN -२४ पिस र ONEREX-३२ पिस शनिबार
दिउँसो प्रहरीले नियन्त्रणमा लिएको छ । इलाका प्रहरी कार्यालय हरिवन सर्लाहीबाट खटिएको प्रहरी टोलिले उक्त लागूऔषध फेला पारी नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा
प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
३.
सप्तरी, राजगढ
गाउँपालिका-०३ मझौरा चौक स्थितबाट लागूऔषध गाँजा ९ किलोग्राम सहित
१ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको
छ । पक्राउ पर्नेमा सोही स्थानमा बस्ने बर्ष अन्दाजि २७ को संजिव कुमार
शर्मालाई रहेका छन् । प्रहरी चौकी झुट्की सप्तरीबाट खटिएको प्रहरी टोलिले उक्त लागूऔषध सहित निजलाई नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा
प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
४. सप्तरी,
छिन्नमस्ता गाउँपालिका-०२ मोहनपुर स्थितबाट बेवारिसे लागूऔषध गाँजा ३१.६३०
किलोग्राम शनिबार राती प्रहरीले नियन्त्रणमा लिएको छ ।
इलाका प्रहरी कार्यालय सखडा र सशस्त्र प्रहरी बल BPO गोबिन्दपुर
सप्तरीबाट खटिएको संयुक्त प्रहरी टोलिले उक्त लागूऔषध फेला पारी
नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।