प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

फरार प्रतिवादी नियन्त्रण सम्बन्धी

२०८३-०५-३१

  • A
  • A-
  • A+
Share


१.      बारा, जितपुर सिमरा उप-महानगरपालिक-१० नितपुर स्थितबाट फरार प्रतिवादी पर्सा पर्सागढी नगरपालिका-०६ बागेश्वरी चैनपुर बस्ने काशी प्रसाद यादवको छोरा अंन्दाजि बर्ष ४५को प्रमोद प्रसाद यादवलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय सिमरा बाराबाट खटिएको प्रहरी टोलिले सवारी दुर्घटना मुद्दाका फरार रहेको निज प्रतिवादीलाई नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

२.      बारा, निजगढ नगरपालिका-१३ स्थितबाट फरार प्रतिवादी सोहि स्थानमा बस्ने बुद्दिमान बलको छोरा अंन्दाजि बर्ष ४१को धन बहादुर बललाई मंगलबार दिउँसो प्रहरी पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय निजगढ बाराबाट खटिएको प्रहरी टोलिले लागूऔषध मुद्दाका फरार रहेका निज प्रतिवादीलाई नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित समाचार
लागूऔषध सहित मानिस नियन्त्रण सम्बन्धी
२०८३-०५-३१

१.      पर्सा, बिरगंज महानगरपालिका-१७ अलौ गाउँ स्थितबाट लागूऔषध चरेस जस्तो जस्तो देखिने पदार्थ ९.५७८ किलोग्राम, HP  94-4983 नम्बरको मोटरसाईकल सहित १ जनालाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा देश भारत मोतिहारी जिल्ला थाना हरसिद्दि ग्राम पंचायत बैरियाडिह वडा नं.९ बैरियाडिह बस्ने बिरबल चौधरीको छोरा अंन्दाजि १९ को संदिप चौधरी रहेका छन् । प्रहरी चौकी सिर्सिया र सशस्त्र प्रहरी बल नेपाल सिमा सुरक्षा गुल्म हे.क्वा. अलौ पर्साबाट खटिएको संयुक्त गस्ति टोलिले उक्त लागूऔषध सहित निजलाई नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । २.      सिरहा, सिरहा नगरपालिका-०१ हुलाकी सडक खण्ड स्थितबाट बेवारिसे लागूऔषध गाँजा १०५ किलोग्राम सहित ज १ च १२१३ नम्बरको एम्बुलेन्स मंगलबार राती प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय सिरहाबाट खटिएको प्रहरी टोलिले उक्त लागूऔषध फेला पारी एम्बुलेन्स सहित नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

लागूऔषध सहित मानिस नियन्त्रणमा ।
२०८३-०५-३०

१.      पर्सा, बिरगंज महानगरपालिका-१६ स्थितबाट लागूऔषध ब्राउन सुगर जस्तो देखिने पदार्थ २.६२०ग्राम, ग.८ प ७०४४ नम्बरको मोटरसाईकल सहित २ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोही स्थानमा बस्ने राजु पटेलको छोरा बर्ष अन्दाजि १८ को आदित्य कुमार पटेल र बिरगंज महानगरपालिका-२० हरपतगंज बस्ने सम्सोदिन अन्सारीको छोरा बर्ष अन्दाजि २० को आजात अन्सारी रहेका छन् । प्रहरी चौकी इनर्वा र लागूऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय बिरगंजबाट खटिएको संयुक्त प्रहरी टोलिले उक्त लागूऔषध सहित निजहरुलाई नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । २.      पर्सा, बिरगंज महानगरपालिका-२४ रानीघाट स्थितबाट लागूऔषध ब्राउन सुगर जस्तो देखिने पदार्थ ९३ मिलिग्राम सहित १ जनालाई सोमबार राती प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा जिल्ला  सुनसरी इटहरी नगरपालिका वडा नम्बर थाहा नएको तेस्रो लिंङ्गी अन्दाजि बर्ष २५ को एन्जल तामाङ रहेका छन् । अस्थाई प्रहरी पोष्ट रानिघाट पर्साबाट खटिएको प्रहरी टोलिले उक्त लागूऔषध सहित निजलाई नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

फरार प्रतिवादी नियन्त्रणमा ।
२०८३-०५-२९

१.      पर्सा, पर्सागढी नगरपालिका-०४ स्थितबाट फरार प्रतिवादी सोही स्थानमा बस्ने उपेन्द्र सिंहको छोरा बर्ष ३७ को आलोक कुमार सिंहलाई आईतबार साँझ प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौक बड्निहार पर्साबाट खटिएको प्रहरी टोलिले चेकजाँचको क्रममा चेक अनादर मुद्धाका फरार रहेका निज प्रतिवादीलाई नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।२.      बारा जिल्लाका बिभिन्न स्थानबाट लेनदेन बिगो मुद्बाको फरार प्रतिवादी बारा कलैया उप-महानगरपालिका-०३ भवानीपुर टोल बस्ने बागड मियाको छोरा अन्दाजि वर्ष ५३ को महमद मुस्तफा मंसुर, अपराधिक बिश्वासघात तथा अनुचित लेनदेन मुद्बाको फरार प्रतिवादी बारा परवानीपुर गाउँपालिका-०५ बहुअरी बस्ने बासी साहको छोरा अन्दाजि बर्ष ४३ को रामबाबु साह कानु र करणी सम्बन्धी कसुर मुद्दाको फरार प्रतिवादी बारा बिश्रामपुर गाउँपालिका-०३ बस्ने राम पुकार महतोको छोरा अन्दाजि बर्ष २७ को सुनिल मण्डल समेतलाई आईतबार प्रहरीले पक्राउ गरेको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।३.      महोत्तरी, सोनमा गाउँपालिका-०४ बाट फरार प्रतिवादी सोही स्थानमा बस्ने कैचलाल यादबको छोरा बर्ष अन्दाजि ५३ को सिताशरण यादबलाई आईतबार साँझ प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय खैरबनी सप्तरीबाट खटिएको प्रहरी टोलिले चेकजाँचको क्रममा अभद्र ब्यवहार मुद्धाका फरार रहेका निज प्रतिवादीलाई नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । ४.      धनुषा, क्षिलेश्वरनाथ नगरपालिका-०२ रम्दैया स्थितबाट फरार प्रतिवादी सोही स्थानमा बस्ने अन्दाजि वर्ष ३३ को प्रमोद कुमार मण्डललाई आईतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय धनुषाबाट खटिएको प्रहरी टोलिले चेकजाँचको क्रममा कर्तब्य ज्यान सम्बन्धि कसुर मुद्धाका फरार रहेका निज प्रतिवादीलाई नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

लागूऔषध सहित मानिस नियन्त्रणमा ।
२०८३-०५-२९

१.      सिरहा, गोलबजार नगरपालिका-१२ बेतौना टोल स्थितबाट लागूऔषध ब्राउन सुगर जस्तो देखिने पदार्थ ९७.५३० ग्राम सहित ४ जनालाई आईतबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोही स्थानमा बस्ने बस्ने मुनेश्वर मण्डल, हलुवाई साहको छोरा अन्दाजि बर्ष २६ को बिरेन्द्र कुमार सिंह र सुनर देव सिंहको छोरा अन्दाजि बर्ष अन्दाजि २० को अरबिन्द कुमार सिंह रहेका छन् । इलाका प्रहरी कार्यालय गोलबजार र लागूऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय गोलबजार सिरहाबाट खटिएको संयुक्त प्रहरी टोलिले उक्त लागूऔषध सहित निजहरुलाई नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

लागूऔषध सहित मानिस नियन्त्रणमा ।
२०८३-०५-२८

१.      पर्सा, बिरगंज महानगरपालिका-१६ स्थितबाट लागूऔषध ब्राउन सुगर जस्तो देखिने पदार्थ ४८० मिलिग्राम सहित १ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा पर्सा बीरगंज महानगरपालिका-११ बस्ने शेख मनोहरको छोरा अन्दाजि बर्ष १८ को शेख समिर रहेका छन् । प्रहरी चौकी इनर्वा र लागूऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय बिरगंज पर्साबाट खटिएको संयुक्त प्रहरी टोलिले उक्त लागूऔषध सहित निजलाई नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । २.      सर्लाही, हरिवन नगरपालिका-०२ खोर गाँउ गुहे खोला स्थितबाट बेवारिसे लागूऔषध गाँजा ६२.००४ किलोग्राम, RJT-SCEN -२४ पिस र ONEREX-३२ पिस शनिबार दिउँसो प्रहरीले नियन्त्रणमा लिएको छ । इलाका प्रहरी कार्यालय हरिवन सर्लाहीबाट खटिएको प्रहरी टोलिले उक्त लागूऔषध फेला पारी नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । ३.      सप्तरी, राजगढ गाउँपालिका-०३ मझौरा चौक स्थितबाट लागूऔषध गाँजा ९ किलोग्राम सहित १ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोही स्थानमा बस्ने बर्ष अन्दाजि २७ को संजिव कुमार शर्मालाई रहेका छन् । प्रहरी चौकी झुट्की सप्तरीबाट खटिएको प्रहरी टोलिले उक्त लागूऔषध सहित निजलाई नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । ४.      सप्तरी, छिन्नमस्ता गाउँपालिका-०२ मोहनपुर स्थितबाट बेवारिसे लागूऔषध गाँजा ३१.६३० किलोग्राम शनिबार राती प्रहरीले नियन्त्रणमा लिएको छ । इलाका प्रहरी कार्यालय सखडा  र सशस्त्र प्रहरी बल BPO गोबिन्दपुर सप्तरीबाट खटिएको संयुक्त प्रहरी टोलिले उक्त लागूऔषध फेला पारी नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।