लागूऔषध सहित मानिस नियन्त्रणमा ।
२०८३-०५-३०
- A
- A-
- A+
१. पर्सा,
बिरगंज महानगरपालिका-१६ स्थितबाट लागूऔषध ब्राउन सुगर जस्तो देखिने पदार्थ
२.६२०ग्राम,
ग.८ प ७०४४ नम्बरको मोटरसाईकल सहित
२ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको
छ । पक्राउ पर्नेमा सोही स्थानमा बस्ने राजु पटेलको छोरा बर्ष अन्दाजि १८ को
आदित्य कुमार पटेल र बिरगंज महानगरपालिका-२० हरपतगंज
बस्ने सम्सोदिन अन्सारीको छोरा बर्ष अन्दाजि २० को आजात अन्सारी
रहेका छन् । प्रहरी चौकी इनर्वा र लागूऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय बिरगंजबाट खटिएको संयुक्त प्रहरी टोलिले उक्त लागूऔषध सहित निजहरुलाई नियन्त्रणमा लिएको
हो । यस
सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
२. पर्सा,
बिरगंज महानगरपालिका-२४ रानीघाट स्थितबाट लागूऔषध ब्राउन सुगर जस्तो
देखिने पदार्थ ९३ मिलिग्राम सहित १ जनालाई सोमबार
राती प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा जिल्ला सुनसरी इटहरी नगरपालिका वडा नम्बर थाहा नएको
तेस्रो लिंङ्गी अन्दाजि बर्ष २५ को एन्जल तामाङ
रहेका छन् । अस्थाई प्रहरी पोष्ट रानिघाट पर्साबाट खटिएको प्रहरी टोलिले उक्त लागूऔषध सहित निजलाई नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा
प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।