प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

स्रोत नखुलेको रकम सहित मानिस नियन्त्रणमा ।

२०८३-०६-०१

  • A
  • A-
  • A+
Share


धनुषा, धनौजी गाउँपालिका-०२ गोरदाहा देउरी भित्री सडक खण्ड स्थितबाट स्रोत नखुलेको रकम रु.१३,६५,०००/- (तेह्र लाख पैंसट्ठी हजार), BR 32 BB 1899  नम्बरको मोटरसाईकल सहित १ जनालाई बुधबार दिउँसो प्रहरीले नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा देश भारत जिल्ला मधुवनी ग्राम खौना बस्ने अन्दाजि बर्ष ३५ को राधाकान्त बयार रहेका छन् । प्रहरी चौकी धनौजी ख धनुषाबाट खटिएको प्रहरी चेकिङ् टोलिले लखौरीबाट गोरदाहा तर्फ आउँदै गरेको उक्त मोटरसाईकलमाथी शंका लागि नियन्त्रणमा लिई चेकजाँच गर्दा उक्त रकम फेला पारी रकम र मोटरसाईकल सहित निजलाई नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित समाचार
अवैध हतियार नियन्त्रणमा ।
२०८३-०६-०१

१.      पर्सा, पटर्वा सुगौली गाउँपालिका-०१ भाठा गेटबाट भित्री जंगलबाट बेवारिसे भरुवा बन्दुक थान-१ प्रहरीले नियन्त्रणमा लिएको छ । इलाका प्रहरी कार्यालय पटेर्वा सुगौली पर्साबाट खटिएको प्रहरी गस्ती टोलिले उक्त भरुवा बन्दुक फेला पारी नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । २.      पर्सा, बिरगंज महानगरपालिका-१५ भेडीयाही स्थितबाट बेवारिसे काठको बिड भएको कटुवा पेस्तोल थान-३, कटुवा रिभल्वर थान-१ , गोली ६ राउण्ड सहित UP 16 AJ 3301 नम्बरको मारुती गाडी बुधबार राती प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय पर्सा र वडा प्रहरी कार्यालय पर्साबाट खटिएको संयुक्त प्रहरी टोलिले बिशेष सुचनाको आधारमा भेडियाहि सितला मन्दिर स्थित बाटोको छेउमा पार्किङ गरी राखेको उक्त गाडीमाथी शंकालागी चेकजाँच उक्त गैरकानूनी हतियार र गोली फेला पारी मारुती गाडी सहित नियन्त्रणमा लिएको हो । फरार रहेको मानिसको खोजतलास तथा यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

फरार प्रतिवादी नियन्त्रण सम्बन्धी
२०८३-०५-३१

१.      बारा, जितपुर सिमरा उप-महानगरपालिक-१० नितपुर स्थितबाट फरार प्रतिवादी पर्सा पर्सागढी नगरपालिका-०६ बागेश्वरी चैनपुर बस्ने काशी प्रसाद यादवको छोरा अंन्दाजि बर्ष ४५को प्रमोद प्रसाद यादवलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय सिमरा बाराबाट खटिएको प्रहरी टोलिले सवारी दुर्घटना मुद्दाका फरार रहेको निज प्रतिवादीलाई नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । २.      बारा, निजगढ नगरपालिका-१३ स्थितबाट फरार प्रतिवादी सोहि स्थानमा बस्ने बुद्दिमान बलको छोरा अंन्दाजि बर्ष ४१को धन बहादुर बललाई मंगलबार दिउँसो प्रहरी पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय निजगढ बाराबाट खटिएको प्रहरी टोलिले लागूऔषध मुद्दाका फरार रहेका निज प्रतिवादीलाई नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

लागूऔषध सहित मानिस नियन्त्रण सम्बन्धी
२०८३-०५-३१

१.      पर्सा, बिरगंज महानगरपालिका-१७ अलौ गाउँ स्थितबाट लागूऔषध चरेस जस्तो जस्तो देखिने पदार्थ ९.५७८ किलोग्राम, HP  94-4983 नम्बरको मोटरसाईकल सहित १ जनालाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा देश भारत मोतिहारी जिल्ला थाना हरसिद्दि ग्राम पंचायत बैरियाडिह वडा नं.९ बैरियाडिह बस्ने बिरबल चौधरीको छोरा अंन्दाजि १९ को संदिप चौधरी रहेका छन् । प्रहरी चौकी सिर्सिया र सशस्त्र प्रहरी बल नेपाल सिमा सुरक्षा गुल्म हे.क्वा. अलौ पर्साबाट खटिएको संयुक्त गस्ति टोलिले उक्त लागूऔषध सहित निजलाई नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । २.      सिरहा, सिरहा नगरपालिका-०१ हुलाकी सडक खण्ड स्थितबाट बेवारिसे लागूऔषध गाँजा १०५ किलोग्राम सहित ज १ च १२१३ नम्बरको एम्बुलेन्स मंगलबार राती प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय सिरहाबाट खटिएको प्रहरी टोलिले उक्त लागूऔषध फेला पारी एम्बुलेन्स सहित नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

लागूऔषध सहित मानिस नियन्त्रणमा ।
२०८३-०५-३०

१.      पर्सा, बिरगंज महानगरपालिका-१६ स्थितबाट लागूऔषध ब्राउन सुगर जस्तो देखिने पदार्थ २.६२०ग्राम, ग.८ प ७०४४ नम्बरको मोटरसाईकल सहित २ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोही स्थानमा बस्ने राजु पटेलको छोरा बर्ष अन्दाजि १८ को आदित्य कुमार पटेल र बिरगंज महानगरपालिका-२० हरपतगंज बस्ने सम्सोदिन अन्सारीको छोरा बर्ष अन्दाजि २० को आजात अन्सारी रहेका छन् । प्रहरी चौकी इनर्वा र लागूऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय बिरगंजबाट खटिएको संयुक्त प्रहरी टोलिले उक्त लागूऔषध सहित निजहरुलाई नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । २.      पर्सा, बिरगंज महानगरपालिका-२४ रानीघाट स्थितबाट लागूऔषध ब्राउन सुगर जस्तो देखिने पदार्थ ९३ मिलिग्राम सहित १ जनालाई सोमबार राती प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा जिल्ला  सुनसरी इटहरी नगरपालिका वडा नम्बर थाहा नएको तेस्रो लिंङ्गी अन्दाजि बर्ष २५ को एन्जल तामाङ रहेका छन् । अस्थाई प्रहरी पोष्ट रानिघाट पर्साबाट खटिएको प्रहरी टोलिले उक्त लागूऔषध सहित निजलाई नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।