अवैध हतियार नियन्त्रणमा ।
२०८३-०६-०१
- A
- A-
- A+
१.
पर्सा, पटर्वा सुगौली गाउँपालिका-०१ भाठा गेटबाट
भित्री जंगलबाट बेवारिसे भरुवा बन्दुक थान-१ प्रहरीले नियन्त्रणमा लिएको छ । इलाका
प्रहरी कार्यालय पटेर्वा सुगौली पर्साबाट खटिएको प्रहरी गस्ती टोलिले उक्त भरुवा
बन्दुक फेला पारी नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
२.
पर्सा, बिरगंज महानगरपालिका-१५ भेडीयाही स्थितबाट
बेवारिसे काठको बिड भएको कटुवा पेस्तोल थान-३, कटुवा रिभल्वर थान-१ , गोली ६
राउण्ड सहित UP
16 AJ 3301 नम्बरको मारुती गाडी बुधबार राती प्रहरीले नियन्त्रणमा
लिएको छ । जिल्ला प्रहरी कार्यालय पर्सा र वडा प्रहरी कार्यालय पर्साबाट खटिएको
संयुक्त प्रहरी टोलिले बिशेष सुचनाको आधारमा भेडियाहि सितला मन्दिर स्थित बाटोको
छेउमा पार्किङ गरी राखेको उक्त गाडीमाथी शंकालागी चेकजाँच उक्त गैरकानूनी हतियार र
गोली फेला पारी मारुती गाडी सहित नियन्त्रणमा लिएको हो । फरार रहेको मानिसको खोजतलास
तथा यस सम्बन्धमा प्रहरीले आवश्यक
अनुसन्धान गरिरहेको छ ।