बिल बिजक भन्दा बढि सामान सहित ट्रक नियन्त्रणमा
२०८१-०४-०६
- A
- A-
- A+
१. पर्सा,
बिरगंज महानगरपालिका ८ घण्टाघर स्थितबाट बिल बिजक भन्दा बढि खुद्रा सामान अं. मुल्य
रु. ८०,००,०००/- (असी लाख रुपैयाँ) बराबरको सामान सहित ना ४
ख ५०१ नम्बरको ट्रकलाई शनिवार राती प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय
पर्साबाट खटिएको प्रहरी टोलीले चेक जाँच गर्ने क्रममा उक्त ट्रकलाई नियन्त्रणमा
लिएको हो । आवश्यक अनुसन्धान तथा कारवाहीको लागी प्रहरीले उक्त ट्रकलाई राजश्व
अनुसन्धान कार्यालय पथलैया बारामा बुझाएको छ ।