अवैध सामान सहित ट्रक नियन्त्रणमा
२०८१-०४-२३
- A
- A-
- A+
१. पर्सा,
बिरगंज महानगरपालिका २४ बहुवरी चोक स्थितबाट
अ.मुल्य रू. ४३,९४,३३२/- बराबरको कपडा
सहित प्र.२-०३००-१ ख ५१३७ नम्बरको ट्रकलाई मंगलवार दिउँसो प्रहरीले नियन्त्रणमा
लिएको छ । जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरी टोलीले विशेष सूचनाको
आधारमा उक्त नम्बरको ट्रकलाई चेक जाँच गर्ने क्रममा नियन्त्रणमा लिई आवश्यक
कार्वाहीको लागी राजस्व अनुसन्धान कार्यालय पथलैया बारामा बुझाइएको छ ।