प्रतिबन्धित लागु औषध सहित मानिस नियन्त्रणमा
२०८१-०५-०२
- A
- A-
- A+
१.
बारा,जितपुरसिमरा उ.म.न.पा.२ सिमरा चौक स्थितबाट
लागु औषध फेनारगन - २०० पिस, लुफिन -२०० पिस
र डाईजोपान- २०० पिस सहित जिल्ला पर्सा विरगंज म.न.पा.५ बस्ने अ.वर्ष ४६ को विजय
जैसवाललाई शनिवार दिउँसो प्रहरीले नियन्त्रणमा लिएको छ । ईलाका प्रहरी कार्यालय
सिमरा र लागुऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय विरगंजबाट संयुक्त खटिएको प्रहरी
टोलीले बाटोमा सुभ सुविट पसल नजिक हिडि रहेको अवस्थामा शंका लागी
चेकजाँच गर्ने क्रममा लागु औषध सहित निज लाई नियन्त्रणम लिएको छ । यस सम्बन्धमा
प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
२. महोत्तरी, बलवा न.पा. वाड नं. ५ स्थीतबाट लागुऔषध NITRAVET-10 नामको लागुऔषध १३ Tap सहित जिल्ला महोत्तरी बलवा न.पा. वाड नं. ४ बस्ने मोस्तकिम कवाडिको छोरा अं. बर्ष २९ को अलाउदिन कवाडीलाई शनिवार दिउँसो प्रहरीले नियन्त्रणमा लिएको छ । इलाका प्रहरी कार्यालय बलवा खटिएको प्रहरी टोलीले आँप गाछी बगैचा छेउमा संकास्पद रुपमा बसिरहेको अवस्थामा चेक जाँच गर्ने क्रममा लागुऔषध सहित निज लाई नियन्त्रणमा लिएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।