प्रतिवन्धित लागु औषध सहित मानिस पक्राउ
२०८१-०५-०५
- A
- A-
- A+
पर्सा, बिरगंज म.न.पा. २ छप्कैया स्थितबाट
प्रतिवन्धित लागु औषध नाइट्रोभेट ट्यवलेट
१० पत्ता ( १५० पिस ) सहित जिल्ला चितवन
भरतपुर म.न.पा. १३ बस्ने मोतिराम वाग्लेको छोरा बर्ष अं.१७ को कृष्ण वाग्लेलाई मगलवार
बेलुका प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएका सुचना
संकलन प्रहरी टोलीले चेक जाँच गर्ने क्रममा निजलाई प्रतिवन्धित लागु औषध सहित
नियन्त्रणमा लिएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।