प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

लागू औषध सहित मानिस नियन्त्रणमा

२०८१-०५-२६

  • A
  • A-
  • A+
Share


१.      महोत्तरी, मटियानी नगरपालिका वडा नं. ९ बौहर्वा चौक स्थितबाट लागू औषध NORPHIN ५०० एम्पुल सहित सोही स्थान बस्ने वर्ष १९ को अलाउदिन राईनलाई मंलवार दिउँसो प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरी चौकी पर्सापतैलीबाट खटिएको प्रहरी टोलीले गस्ती गर्दै जाने क्रममा अलाउदिन राईनले बोकेको झोला शंका लागि चेकजाँच गर्दा उक्त लागू औषध सहित निजलाई नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।


२.     सिरहा, लहान नगरपालिका १९ कटहा स्थितबाट लागू औषध WIXDIN २० पिस, NITRAVET- ५ पत्तामा १५० पिस, DIZOPAM- ३६ पिस, PHENARGON-३८ पिस, BIUPRONORPHIN- ३७ पिस र लेबल नभएको १ पिस सहित जिल्ला सिरहा सुखिपुर न.पा. १ शिवनगर बस्ने बर्ष २५ को बिवेक चौधरी र जिल्ला सप्तरी सुरुङगा न.पा. ४ कदमाहा बस्ने बर्ष २८ को सुरज चौधरीलाई मंगलवार राती प्रहरीले नियन्त्रणमा लिएको छ । इलाका प्रहरी कार्यालय लहानबाट खटिएको प्रहरी टोलीले चेक जाँच गर्ने क्रममा छरापट्टीबाट कटहा तर्फ आउँदै गरेको ज १२ प ६८८९ नम्बरको 160 CC को  FZ मोटरसाइकललाई चेक जाँच गर्दा उक्त लागु औषध सहित निजहरुलाई नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित समाचार
फरार प्रतिवादी पक्राउ
२०८१-०६-०२

१.      सिरहा, लागू औषध मुद्दामा १ महिना कैद सजाय तोकिएको फरार प्रतिवादी जिल्ला सिरहा सुखिपुर नगरपालिका १० बस्ने बर्ष २१ को अजय कुमार रामलाई मंगलबार सांझ प्रहरीले पक्राउ गरेको छ । अस्थाई प्रहरी पोष्ट शिवचोकबाट खटिएको प्रहरी टोलीले निजलाई सुखिपुर नगरपालिका ७ दहिपौडी चौकबाट नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।  २.     रौतहट, लागू औषध मुद्दामा रु. १,००,०००/- (एक लाख रुपैयाँ) जरिवाना र २ बर्ष कैद सजाय भएको फरार प्रतिवादी जिल्ला रौतहट बृन्दावन नगरपालिका १ बस्ने बर्ष २८ को बिगु पटेललाई बुधवार बिहान प्रहरीले नियन्त्रणमा लिईएको छ । प्रहरी चौकी बिश्रामपुरबाट खटिएको प्रहरी टोलीले निजलाई बृन्दावन नगरपालिका १ चादी खोलाबाट नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

लागू औषध सहित गाडी र मानिस नियन्त्रणमा
२०८१-०६-०१

१.     महोत्तरी, रामगोपालपुर नगरपालिका ५ रामगोपालपुर चोक स्थितबाट लागू औषध गाँजा १५० किलोग्राम सहित जिल्ला धादिङ धुनबेसी नगरपालिका ६ बस्ने बर्ष ३० को संजिप खत्री र जिल्ला चितवन खैरेनी नगरपालिका १ बस्ने बर्ष १८ को सुदिप अधिकारीलाई सोमबार राती प्रहरीले नियन्त्रणमा लिएको छ । इलाका प्रहरी कार्यालय रामगोपालपुरबाट खटिएको प्रहरी गस्ती टोलीले गोप्य सुचनाको आधारमा उत्तरबाट दक्षिण तर्फ आउँदै गरेको  बा. प्र.०१-०२६ च १३३६  नम्बरको टाटा पिकअप गाडीलाई चेकजाँच गर्दा निजहरुलाई उक्त लागू औषध सहित नियन्त्रणमा लिएको हो । यस सन्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । २.     पर्सा, बिरगंज महानगरपालिका ८ पानीटंकी टोल जमुना सेकुवा पसलबाट लागू औषध ब्राउन सुगर जस्तो देखिने पदार्थ ४८ ग्राम सहित भारत विहार जिल्ला मोतीहारी थाना आदापुर बस्ने वर्ष २३ को बिकाश कुमार पटेललाई आईतवार दिउँसो प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय पर्सा तथा प्रहरी चौकी बसपार्कबाट खटिएको संयुक्त प्रहरी टोलीले लागू औषध खरिद बिक्री भईरहेको छ भन्ने बिशेष सुचनाको आधारमा एक जना शंकास्पद व्यक्तिलाई खानतलासी गर्दा उक्त लागू औषध सहित निजलाई नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

लागू औषध सहित मानिस नियन्त्रणमा
२०८१-०५-३०

१.      सिरहा, कर्जन्हा नगरपालिका १०प्रयागपुर चोक स्थितबाट लागू औषध खैरो हिरोईन जस्तो देखिने पदार्थ प्लाष्टिक सहित ८०० ग्राम सहित जिल्ला धनुषा धनुषाधाम नगरपालिका ३ बस्ने बर्ष ३५ को उमेश ठाकुर र बटेश्वर गाउँपालिका २ बटेश्वर बस्ने बर्ष ५० को प्रबेश ठाकुरलाई शनिवार राती प्रहरीले नियन्त्रणमा लिएको छ । इलाका प्रहरी कार्यालय मिर्चैयाबाट खटिएको प्रहरी टोलीले मिर्चैयाबाट बन्दिपुर तर्फ जाँदै गरेको प्रदेश नं.२-०२-००४ प.३३३ नम्बरको मोटरसाइकललाई चेक जाँच गर्ने क्रममा निजहरुलाई उक्त लागू औषध सहित नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । २.     सर्लाही, मलंगवा नगरपालिका ९ जि.बि.स. चोक स्थितबाट लागू औषध DIAZEPAM INJECTION I.P. ३४ पिस, PROMETHAZINE HYDROCHLORIDE INJECTIONT I.P. ३५ पिस र PLANE INJECTION ३४ पिस गरी जम्मा १०३ पिस सहित बागमती नगरपालिका १२ बस्ने वर्ष २५ को अनिल राईलाई आईतवार बिहान प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय सर्लाहीबाट खटिएको प्रहरी टोलिले चेकजाँच गर्ने क्रममा निजलाई उक्त लागू औषध सहित नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । 

बिलबिजक भन्दा बढी सामान सहित ट्रक नियन्त्रणमा
२०८१-०५-२८

१.     बारा, जितपुर सिमरा उपमहानगरपालिका २१ स्थितबाट अं. मुल्य रु. ७५,०८,२३७/- (पचहत्तर लाख आठ हजार दुई सय सैंतिस रुपैयाँ) बराबरको सामान साहित ना ८ ख ७२४४ नम्बरको डिब्बा ट्रकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । इलाका प्रहरी कार्यालय अमलेखगंजबाट खटिएको प्रहरी टोलीले बिरगंजबाट काठमाण्डौ तर्फ जाँदै गरेको उक्त ट्रकलाई चेकजाँच गर्दा विलबिजक भन्दा बढी सामान लोड रहेको र सपोर्टिङ बिल समेत नभएको कारण खुद्रा सामानहरु (कम्प्युटर पार्टस, ईलेक्ट्रोनिक्स सामान, कस्मेटिक आईटम) सहित उक्त ट्रकलाई नियन्त्रणमा लिई  आवश्यक अनुसन्धान तथा कारवाहीको लागि राजश्व अनुसन्धान कार्यालय पथलैया बारामा बुझाईएको छ ।

लागू औषध सहित मानिस नियन्त्रणमा
२०८१-०५-२८

लागू औषध सहित मानिस नियन्त्रणमा१.     पर्सा, बहुदरमाई नगरपालिका ३ पदमैल गम्हरियाबाट लागू औषध गाँजा १५ किलो ग्राम सहित सोही स्थान बस्ने बर्ष ३८ को रफिक महमदलाई बिहीबार दिउँसो प्रहरीले नियन्त्रणमा लिएको छ । इलाका प्रहरी कार्यालय पोखरियाबाट खटिएको प्रहरी टोलीले बिशेष सुचनाको आधारमा निजको घरको बिभिन्न ठाउँमा लुकाई छिपाई राखेको अवस्थामा १५ किलो लागू औषध गाँजा सहित निजलाई नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । २.     बारा, जितपुर सिमरा उपमहानगरपालिका २१ स्थितबाट लागू औषध गाँजा १ के.जी. ५०० ग्राम सहित जिल्ला बारा प्रसौनी गा.पा. ६ प्रसौनी बस्ने वर्ष ३५ को अजय साह र जिल्ला बारा कलैया उ.म.न.पा १८ मनगढवा बस्ने वर्ष ४५ को चनरदेव महतोलाई बिहीबार साँझ प्रहरीले नियन्त्रणमा लिएको छ । इलाका प्रहरी कार्यालय अमलेखगंजबाट खटिएको प्रहरी टोलीले हेटौंडाबाट बिरगंज तर्फ आउँदै गरेको ना ४ ख ९८६८ नम्बरको बसलाई चेकजाँच गर्ने क्रममा निजहरुलाई उक्त लागू औषध सहित नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । ३.     सिरहा, औरही गा.पा.०१ हनुमान चौक स्थितबाट लागू औषध ब्राउन सुगर जस्तो देखिने पदार्थ प्लाष्टिक सहित ५.४०० मिलि ग्राम, बिभिन्न कम्पनीको माबाईल थान -४ र नेपाली नगद रु. १,१९,०००/- (एक लाख उन्नाईस हजार) सहित जि.सिरहा सिरहा न.पा.०१ बस्ने प्रदिप यादवको छोरा अं.बर्ष २७ को पंकज यादव, सिरहा न.पा. २ बस्ने बर्ष २२ को शंकर यादव र औरही गा.पा. ५ बस्ने बर्ष २९ को प्रबिण यादवलाई बिहीबार दिउँसो प्रहरीले नियन्त्रणमा लिएको छ । लागू औषध नियन्त्रण ब्युरो गोलबजार र प्रहरी चौकी हर्कट्टीबाट खटिएको संयुक्त प्रहरी टोलीले हर्कट्टीबाट भारत लदनियाँ बोर्डर तर्फ जाँदै गरेको BR 06 DC 4995 नम्बरको जिपलाई शंका लागी चेकजाँच गर्दा निजहरुलाई उक्त लागू औषध, मोबाईल र नगद सहित नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।