लागू औषध सहित मानिस नियन्त्रणमा
२०८१-०६-०६
- A
- A-
- A+
१. रौतहट,
गौर नगरपालिका १ भन्सार कार्यालय अगाडीबाट लागू औषध NITRVET-10 mg ५ पत्तामा ७५ पिस, अन्दाजी ४ ग्राम लागू औषध गाँजा
र ने.रु. २३,९३०/- सहित जिल्ला रौतहट दुर्गाभगवती गाउँपालिका ५ बडहर्वा टोल बस्ने
बर्ष १७ को दिपक कुमार साह र जिल्ला रौतहट बृन्दावन नगरपालिका ५ नरकटिया भवानिपुर
बस्ने बर्ष २२ को नवल किशोर पाण्डेलाई शनिवार दिउँसो प्रहरीले नियन्त्रणमा लिएको छ
। भन्सार सुरक्षा गार्ड गौर र सशस्त्र प्रहरी बलको संयुक्त टोलीले भारतबाट नेपाल
तर्फ आउँदै गरेको मधेश प्रदेश ०५-००१ ह ००६५ नम्बरको ई-रिक्सामा सवार निजहरुलाई
चेकजाँच गर्ने क्रममा उक्त लागू औषध सहित नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा
प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
२. सर्लाही,
हरिवन नगरपालिका ३ डाबरी टोल स्थितबाट लागू औषध ONEREX
लेखिएको 100 ML को ९८ थान बोतल सहित जिल्ला रौतहट चन्द्रपुर
नगरपालिका १ बस्ने बर्ष २३ को दिल कुमार लामिछाने र बर्ष २८ को प्रवेश कुमार
पाख्रीनलाई शनिवार राती प्रहरीले नियन्त्रणमा लिएको छ । इलाका प्रहरी कार्यालय हरिवनबाट खटिएको
प्रहरी टोलीले डाबरीबाट हरिवन तर्फ आउँदै गरेको ना ४० प ६६०६ नम्बरको मोटरसाइकललाई
चेकजाँच गर्दा २ वटा बोतल फेला परेकोले निजहरूसंग सोधपुछ गर्ने क्रममा हरिवन नगरपालिका
३ बस्ने टाउके भन्ने व्यक्तिसंग खरीद गरी ल्याएको भनेको हुँदा निजहरुलाई उक्त
स्थानमा लिई गई टाउके भन्ने व्यक्तिको घर वरिपरि खानतलासी गर्दा घर पछाडी जमिन
मुनि गाडिएको अवस्थामा लागू औषध ONEREX लेखिएको 100
ML को बोतल ९६ थान फेला
परेकोले उक्त लागू औषध सहित निजहरुलाई प्रहरीले नियन्त्रणमा लिएको हो । यस
सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
३. पर्सा,
बिरगंज महानगरपालिका १६ शंकाराचार्य गेट स्थितबाट लागू औषध चरेस ८ किलो १०२ ग्राम
सहित बिरगंज महानगरपालिका १६ नगवा बस्ने बर्ष २० को सुजन यादवलाई आईतवार बिहान
प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरी चौकी ईनर्वाबाट खटिएको प्रहरी टोलीले
चेकजाँच गर्ने क्रममा बिरगंजबाट रक्सौल तर्फ पैदल जाँदै गरेको अवस्थामा चेकजाँच
गर्दा १६ प्याकेट लागू औषध चरेस फेला परेकोले उक्त लागू औषध सहित निजलाई
नियन्त्रणमा लिएको हो । यस सन्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।