बिल बिजक भन्दा बडी मालबस्तुहरू लोड रहेको ट्रक नियन्त्रणमा
२०८१-०६-०८
- A
- A-
- A+
१.
पर्सा, बिरगञ्ज महानगरपालिका
२५ स्थितबाट अन्दाजी मूल्य रु. ५८,८६,०३०/- (अन्ठाउन्न लाख छयासी हजार तीस रुपैयाँ)
बराबरको
कस्मेटिक लगायतका मालबस्तुहरू सहित बा ३ ख
९८४५ नम्बरको ट्रकलाई सोमबार राती प्रहरीले नियन्त्रणमा
लिएको छ । जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरी टोलीले बिरगञ्जबाट काठमाण्डौतर्फ जाँदै गरेको उक्त
ट्रकलाई चेकजाँच गर्ने क्रममा विल
विजक भन्दा बढीको कस्मेटिक लगायतका मालबस्तुहरू लोड रहको अवस्थामा नियन्त्रणमा लिई
आवश्यक अनुसन्धान तथा कारवाहीको लागी राजस्व अनुसन्धान कार्यालय पथलैया बारामा
बुझाइएको छ ।