लागू औषध सहित मानिस नियन्त्रणमा
२०८१-०६-०९
- A
- A-
- A+
१. पर्सा, बिरगंज महानगरपालिका १४ गण्डक चोक स्थितबाट लागू औषध नाईट्राभेट-१० ट्याब्लेट ३० पिस सहित जिल्ला चितवन भरतपुर महानगरपालिका २१ बस्ने वर्ष २५ को रुपेश बि.क.लाई मंलवार राती प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरी चौकी गण्डकबाट खटिएको प्रहरी चेकिङ्ग टोलीले यात्रु बाहक माईक्रो बसलाई चेकजाँच गर्ने क्रममा निजलाई उक्त लागू औषध सहित नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
२. रौतहट, गौर नगरपालिका ८ बसपार्क स्थितबाट लागू औषध Diazepam १ एम्पुल, Ippl १ एम्पुल र Phenergan १ एम्पुल सहित गरुडा नगरपालिका ६ बस्ने वर्ष २१ को धिरेन्द्र राय यादवलाई मंलवार राती प्रहरीले नियन्त्रणमा लिएको छ । अस्थाई प्रहरी पोष्ट बसपार्कबाट खटिएको प्रहरी गस्ती टोलीले शंकास्पद रुपमा हिंडडुल गरिरहेको अवस्थामा निजलाई चेक जाँच गर्दा उक्त लागू औषध सहित नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
३.
सिरहा, मिर्चैया नगरपालिका ६
कटारी चोकबाट लागू औषध ब्राउन सुगर जस्तो देखिने पदार्थ ३० मिलिग्राम सहित मिर्चैया
नगरपालिका ११ सितापुर टोल बस्ने बर्ष ४३ को संजय यादवलाई मंलवार राती प्रहरीले
नियन्त्रणमा लिएको छ । इलाका प्रहरी कार्यालय मिर्चैयाबाट खटिएको प्रहरी टोलीले
लागू औषध सेवन गरिरहेको छ भन्ने गोप्य सुचना प्राप्त हुनासाथ खोजतलास गर्दै जाँदा प्रहरीलाई
देख्ना साथ भाग्ने क्रममा निजलाई नियन्त्रणमा लिई चेकजाँच गर्दा उक्त लागू औषध
फेला परेकोले लागू औषध सहित निजलाई नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले
थप अनुसन्धान गरिरहेको छ ।