लागू औषध गाँजा सहित मानिसहरु नियन्त्रणमा
२०८१-०६-२२
- A
- A-
- A+
१. सप्तरी,
कंचनरुप नगरपालिका ७ स्थितबाट लागू औषध गाँजा अन्दाजी १०० किलो ग्राम सहित जिल्ला
सिरहा भगवानपुर गाउँपालिका वडा नं. १ बस्ने बर्ष ३६ को चंन्देश्वर चौधरी र वडा नं.
२ बस्ने बर्ष ५६ को राम दुलार यादवलाई मंगलवार बिहान प्रहरीले नियन्त्रणमा लिएको छ
। प्रहरी चौकी धरमपुरबाट खटिएको प्रहरी टोलीले उदयपुरबाट कंचनपुर तर्फ आउँदै गरेको
BR07BA
4578 नम्बरको सेतो स्कारपियो गाडीलाई शंका लागि चेक जाँच गर्दा
निजहरुलाई उक्त परिमाण बराबरको लागू औषध सहित नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा
प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
२. पर्सा,
बिन्दबासिनी गाउँपालिका २ झौवा स्थितबाट लागू औषध गाँजा २.५ किलो ग्राम सहित जिल्ला
पर्सा सखुवाप्रसौनि गाउँपालिका ५ बलुवा बस्ने बर्ष ३० को मोहिचन प्रसाद यादवलाई मंलवार
बिहान प्रहरीले नियन्त्रणमा लिएको छ । अस्थाई प्रहरी पोष्ट बहुअर्वाभाट्टा, पर्साबाट
खटिएको प्रहरी टोलीले सखुवाप्रसौनीबाट झौवातर्फ साईकलमा जाँदै गरेको निजलाई शंका
लागि चेकजाँच गर्दा उक्त लागू औषध सहित नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा
प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।