लागु औषध गाँजा सहित मानिस नियन्त्रणमा
२०८१-०७-०५
- A
- A-
- A+
१.
रौतहट, गौर न.पा.२ भन्सार बेरियर स्थितबाट लागु
औषध DIAZEPAM
Injection 2ml-२ पिस, Promethozine Hydrochloride Injection
2ml-२ पिस, IPPL-२ पिस सहित जिल्ला रौतहट
माधवनारायण न.पा.२ बस्ने रामएकवाल
मुखियाको छोरा अं.बर्ष ३५ को सहिन्द्र मुखिया आईतवार दिउँसो प्रहरीले नियन्त्रणमा
लिएको छ । सशस्त्र प्रहरी बल नेपाल सिमा सुरक्षा गुल्म गौर र भन्सार सुरक्षा
गार्डबाट खटिएको संयुक्त टोलीले पैदल यात्री देश भारत बैरगिनीया बाट
नेपाल तर्फ आउँदै गरेको अवस्था शंका लागि चेक जाँच गर्दा निजलाई लागु औषध सहित
नियन्त्रणमा लिएको छ । यस सम्बन्धमा थप अनुसन्धान भईरहेको छ ।
२.
सर्लाही, बागमती न.पा. १२ भरत ताल जाने भित्री
सडक खण्ड रेल्वे पुल स्थितबाट लागु औषध ६ के.जी. ला.औ. गाँजा सहित ऐ. बरहथवा
न.पा.९ बस्ने अ. बर्ष ४२ को राम अयोध्या मुखियालाई आईतवार बेलुका प्रहरीले
नियन्त्रणमा लिएको छ । इलाका प्रहरी कार्यालय कर्मैयाबाट खटिएको प्रहरी टोलीले मुर्तियाबाट
बागमती पुलतर्फ आउँदै गरेको ना. ३० प. २१७ नं. को मो.सा. लाई शंका
लागी रोक्ने क्रममा उक्त मो.सा.मा पछाडी सवार मानिस मो.सा. बाट हामफाली फरार भएको,
मो.सा. र मो.सा. चालक राम अयोध्या मुखियालाई हातमा झुण्डयाउने रातो रङको झोला
भित्र रातो रंगको कपडाले बेरिएको अबस्थामा लागु औषध सहित नियन्त्रणमा लिएको छ र मो.सा. पछाडी सवार मानिसको खो.त. कार्य
भईरहेको छ ।
३.
सर्लाही, लालबन्दी न.पा.५ मेजरगंज भित्री
सडकखण्ड स्थितबाट लागु औषध गाँजा ५ के.जि. ३ सय ४० ग्राम सहित देश भारत जिल्ला
सितामडी थाना बेला बथौडा ग्राम पंचायत मुजलिया बस्ने राज किशोर रामको छोरा अं.
बर्ष २० को शंकर रामलाई सोमवार दिउँसो प्रहरीले नियन्त्रणमा लिएको छ । इलाका
प्रहरी कार्यालय लालबन्दी बाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा लालबन्दी
तर्फबाट जब्दी तर्फ जाँदै गरेको BR30T 4025 नं. को GLAMBOR मो.सा.लाई चेकजाँच गर्दा सोही मो.सा. को सिट भित्र प्लाष्टिकले बेरिएको अवस्थामा
लुकाई छिपाई ल्याएको ला.औ. गाँजा सहित निजलाई नियन्त्रणमा लिएको छ । यस सम्बन्धमा
थप अनुसन्धा भईरहेको छ ।