फरार प्रतिवादी पक्राउ
२०८१-०७-०६
- A
- A-
- A+
सिरहा, सिरहा नगरपालिका १३
माडर बजार स्थितबाट लागू औषध मुद्दामा १ बर्ष कैद र रू.१०,०००/- (दश हजार) जरिवाना
तोकिएको फरार प्रतिवादी जिल्ला सिरहा सिरहा नगरपालिका १६ माडर बस्ने वर्ष ५९ को
मने मोचीलाई सोमवार बिहान प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय
सिरहाबाट खटिएको प्रहरी टोलीले निजलाई माडर बजारबाट नियन्त्रणमा लिएको हो । यस
सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।