लागू औषध सहित मानिस नियन्त्रणमा
२०८१-०७-०६
- A
- A-
- A+
पर्सा, बिरगंज महानगरपालिका १६
स्थित रजत जयन्ती चोकबाट लागू औषध फेनारगन ६० एम्पुल, डाईजेपाम ६० एम्पुल र नुरफिन
६० एम्पुल सहित देश भारत बिहार जिल्ला पश्चिमी चम्पारण ग्राम पंचायत बेतिया ढारौल
वडा नं. ३ डरौल बस्ने बर्ष २३ को शाबा करीम साहलाई मंलवार दिउँसो प्रहरीले
नियन्त्रणमा लिएको छ । प्रहरी चौकी ईनर्वाबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने
क्रममा रक्सौलबाट बिरगंज तर्फ पैदल आउँदै गरेको निजलाई उक्त लागू औषध सहित
नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।