DISPOSABLE GAS LIGHTER नियन्त्रणमा
२०८१-०७-०८
- A
- A-
- A+
१. महोत्तरी,
एकडारा गाउँपालिका ३ कोल्हुवा बगेया स्थितबाट अन्दाजी मुल्य रु.२५,८०,०००/- (पच्चीस
लाख असी हजार रुपैयाँ) बराबरको ३१०
कार्टुन DISPOSABLE
GAS LIGHTER बुधबार दिउँसो प्रहरीले नियन्त्रणमा लिएको छ ।
जिल्ला प्रहरी कार्यालय महोत्तरीबाट खटिएको प्रहरी गस्ती टोलीले गस्ती गर्दै जाने
क्रममा एकडारा गाउँपालिका ३ कोल्हुवा बगेया स्थित गाँउमा उक्त सामानहरु गोदाममा
राखिरहेको देखि बिल माग्दा भ्याट बिल देखाएकोमा बिल अनुसार कार्टुन कम रहेको र VTCS बिल देखाउन नसकेको हुँदा शंका लागी ३१० कार्टुन DISPOSABLE GAS
LIGHTER प्रहरीले नियन्त्रणमा लिई आवश्यक अनुसन्धान तथा कारवाहीको
लागी राजश्व अनुसन्धान कार्यालय पथलैया बारामा बुझाएको छ ।