बिल बिजक भन्दा बढी सामान लोड रहेको ट्रक नियन्त्रणमा
२०८१-०७-०९
- A
- A-
- A+
पर्सा,
बिरगंज महानगरपालिका ८ घण्टाघर स्थितबाट अन्दाजी मुल्य रू. १,४६,०९,६७८/- (एक करोड
छयालिस लाख नौ हजार छ सय अठहत्तर रुपैयाँ) बराबरको सामान सहित सु.प.प्र. ०१-००१
ख.२६६१ र सु.प.प्र. ०१-००१ ख २६९९ नम्बरको ट्रकलाई बिहीबार राती प्रहरीले
नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरी टोलीले चेक
जाँच गर्ने क्रममा बिल बिजक भन्दा बढी सामानहरु लोड गरी लैजाँदै गरेको शंकालागी
उक्त दुवै ट्रकलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि राजश्व
अनुसन्धान कार्यालय पथलैया, बारामा बुझाएको ।