बिलबिजक भन्दा बढी सामान लोड रहेको कन्टेनर नियन्त्रणमा
२०८१-०७-११
- A
- A-
- A+
१. सर्लाही,
बागमती नगरपालिका ११ कार्यालय अगाडी चेक प्वाईन्टबाट अन्दाजी मूल्य रू. ५५,८३,३११/-
(पचपन्न लाख तीरासी हजार तीन सय एघार रुपैयाँ) मुल्य
बराबरको समान सहित ना.६ ख. ७१३ नम्बरको कन्टेनर गाडीलाई कार्तिक
१० गते शनिवार बिहान प्रहरीले नियन्त्रणमा लिएको छ । इलाका प्रहरी कार्यालय
कर्मैयाबाट खटिएको प्रहरी टोलीले चेक जाँच गर्ने क्रममा बिरगंजबाट सुनसरी तर्फ
जाँदै गरेको उक्त कन्टेनरलाई चेक जाँच गर्दा बिलबिजक शंकास्पद देखिएकोले नियन्त्रणमा
लिई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि राजश्व अनुसन्धान कार्यालय पथलैया,
बारामा बुझाएको छ ।