ट्रक सहित लागू औषध गाँजा नियन्त्रणमा
२०८१-०७-११
- A
- A-
- A+
१. धनुषा,
जनकपुरधाम उपमहानगरपालिका १४ बाबा आयल सेन्टर नजिकबाट अन्दाजी २२१.३८ के.जी. लागू औषध
गाँजा सहित जिल्ला मकवानपुर भिमफेदी गाउँपालिका २ बस्ने वर्ष २४ को प्रकाश
लुङ्गवालाई कार्तिक १० गते शनिवार साँझ प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी
कार्यालय मुजेलियाबाट खटिएको प्रहरी टोलीले विशेष सुचनाको आधारमा चेक जाँच गर्ने क्रममा
ना.५ ख १७७ नं.को मिनी ट्रकलाई चेक जाँच गर्दा ट्रकमा फल्स बटन बनाई लुकाई छिपाई
राखेको उक्त परिमाणको लागू औषध सहित निजलाई नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा
प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।