प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

हात हतियार, गोली र नक्कली नोट सहित मानिस नियन्त्रणमा

२०८१-०७-२०

  • A
  • A-
  • A+
Share


१.     सर्लाही, गोडैता नगरपालिका १२ स्थितबाट फलामको घरेलु नलकटुवा पेस्तोल १ थान, सोही पेस्तोलमा प्रयोग हुने गोली KF 8MM लेखिएको लाइफ राउण्ड (गोली) ६ थान, KF 9MM लेखिएको सानो पेस्तोलमा प्रयोग हुने गोली राउण्ड ४ थान र रु.१,०००/- दरको नक्कली जस्तो देखिने नेपाली नोट २० थान सहित भारत देश बिहार, सितामढी जिल्ला मेजरगंज थाना, बसविटा ग्रामपंचायत, रसुलपुर गाँउ बस्ने बर्ष २६ को कुन्नु पटेल र बर्ष ३० को मुकेश पटेललाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सर्लाहीबाट खटिएको प्रहरी टोलीले भारतको मेजरगंजबाट नेपालको मधुवनीगाउँ तर्फ आउने सवारी साधन तथा पैदल यात्री समेतलाई चेक जाँच गर्ने क्रममा निजहरुलाई उक्त हातहतियार, गोली र नक्कली नोट सहित नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

सम्बन्धित समाचार
लागू औषध सहित मानिस नियन्त्रणमा
२०८१-०७-१४

पर्सा, बिरगंज महानगरपालिका १४ गण्डक चेक पोष्ट  स्थितबाट लागू औषध नुर्फोन १००० एम्पुल, फेनार्गन १०१० एम्पुल, डाईजोपाम ९८६ एम्पुल सहित जिल्ला बारा माहागढीमाई नगरपालिका ७ तेलकुवा टोल बस्ने वर्ष २० को ओमबाबु कुशवाहा र वर्ष २० को सैलेश यादवलाई कार्तिक १३ गते मंगलवार राती प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी गण्डक, पर्साबाट खटिएको प्रहरी चेकिङ टोलिले चेक जाँच गर्ने क्रममा बिरगंजबाट काठमाण्डौ चल्ने यात्रु बाहक ना.६ ख. ७२२७ नम्बरको बसमा सवार निजहरुलाई उक्त लागू औषध सहित नियन्त्रणमा लिएको हो । प्रहरीले यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।    

ट्रक सहित लागू औषध गाँजा नियन्त्रणमा
२०८१-०७-११

१.     धनुषा, जनकपुरधाम उपमहानगरपालिका १४ बाबा आयल सेन्टर नजिकबाट अन्दाजी २२१.३८ के.जी. लागू औषध गाँजा सहित जिल्ला मकवानपुर भिमफेदी गाउँपालिका २ बस्ने वर्ष २४ को प्रकाश लुङ्गवालाई कार्तिक १० गते शनिवार साँझ प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय मुजेलियाबाट खटिएको प्रहरी टोलीले विशेष सुचनाको आधारमा चेक जाँच गर्ने क्रममा ना.५ ख १७७ नं.को मिनी ट्रकलाई चेक जाँच गर्दा ट्रकमा फल्स बटन बनाई लुकाई छिपाई राखेको उक्त परिमाणको लागू औषध सहित निजलाई नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।