फरार प्रतिवादी नियन्त्रणमा
२०८१-०७-२५
- A
- A-
- A+
१. बारा,
बिष्फोटक पदार्थ मुद्दामा ३ महिना कैद र रु. ५,०००/- (पाँच हजार) जरिवाना भएको
फरार प्रतिवादी जिल्ला बारा फेटा गाउँपालिका १ त्रिवेणी बस्ने बर्ष ३१ को लाल बाबु
दास तत्मालाई शनिवार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय
प्रसौनीबाट खटिएको प्रहरी टोलीले खोजतलास गर्दै जाने क्रममा निजकै घरबाट पक्राउ
गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
२. सप्तरी, ज्यान सम्बन्धी कसुर र ज्यान मार्ने उद्योग मुद्दामा ३ बर्ष कैद र रु. ३०,०००/- (तीस हजार) जरिवाना भएको फरार प्रतिवादी जिल्ला सप्तरी बोदेबर्साइन नगरपालिका ३ कुशमाहार बस्ने बर्ष ४५ को नैनिकुमार मण्डललाई आईतवार बिहान प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय बोदेबर्साइनबाट खटिएको प्रहरी टोलीले खोजतलास गर्दै जाने क्रममा निजलाई नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागी सम्मानित सप्तरी जिल्ला अदालत राजबिराजमा बुझाएको छ ।