लागू औषध सहित मानिस नियन्त्रणमा
२०८१-०७-२६
- A
- A-
- A+
१.
पर्सा, बिरगंज महानगरपालिका १४
गण्डक चेक पोष्टबाट लागू औषध डाईजेपाम १२०० एम्पुल, फेनार्गन ११८५ एम्पुल र नुर्फिन
११९५ एम्पुल सहित बिरगंज महानगरपालिका २५ बस्ने वर्ष २३ को राज महम्द देवानलाई
आईतवार राती प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरी चौकी गण्डकबाट खटिएको प्रहरी
चेकिङ्ग टोलीले चेक जाँच गर्ने क्रममा बिरगंजबाट काठमाडौं तर्फ जाँदै गरेको बागमती
प्रदेश ०३-००१ ख २६६६ नम्बरको यात्रुवाहक बसलाई चेकजाँच गर्ने क्रममा निजलाई उक्त लागू
औषध सहित नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको
छ ।
२.
सर्लाही, ईश्वरपुर नगरपालिका १२
डोमखोरियाबाट लागू औषध गाँजा २ किलो ग्राम सहित जिल्ला सर्लाही ब्रहम्पुरी गाउँपालिका
५ बस्ने वर्ष २२ को अबिनाश कापर र वर्ष २७ को बिक्रम कापरलाई आईतवार राती प्रहरीले
पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय केशरगंज र अस्थाई प्रहरी पोष्ट कालिन्जोर
घारीबथानबाट
खटिएको संयुक्त प्रहरी टोलीले गोप्य सुचनाको आधारमा निजहरुलाई फुलजोर-डोमखोरिया
सडकखण्डको जंगल एरियाबाट BR 30 AG 6421 नम्बरको मोटरसाइकलमा
उक्त लागू औषध लैजाँदै गरेको अवस्थामा नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा
प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।