खुद्रा सामान सहित ट्रक नियन्त्रणमा
२०८१-०७-२६
- A
- A-
- A+
१. बारा,
जितपुरसिमरा उपमहानगरपालिका ७ जितपुर स्थितबाट बिल बिजक भन्दा बढि मुल्य रू. ३६,७४,३४८/-
(छत्तिस लाख चौहत्तर हजार तीन सय अड्चालिस रुपैयाँ) बराबरको सामान सहित म.प्र.०३-००२
ख ०७९३ नम्बरको ट्रकलाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी
कार्यालय जितपुरबाट खटिएको प्रहरी चेकिङ टोलीले बिरगंजबाट जितपुर तर्फ आउँदै गरेको
उक्त ट्रकलाई चेकजाँच गर्दा बिल बिजक भन्दा बढि सामान भएको तथा राजश्व छली गरेको
आशंकामा नियन्त्रणमा लिई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि राजश्व अनुसन्धान
कार्यालय पथलैया बारामा बुझाएको छ ।