लागू औषध गाँजा सहित मानिस नियन्त्रणमा
२०८१-०७-२७
- A
- A-
- A+
१.
सर्लाही, बरहथवा नगरपालिका १६
गंगापुर स्थितबाट लागू औषध गाँजा ११ के.जी. सहित जिल्ला सिन्धुली हरिहरपुर गढी गाउँपालिका
८ पांचतले बस्ने बर्ष २९ को वाङ दोर्जे थिंङ र जिल्ला सर्लाही हरिवन नगरपालिका ४
तिनघरे बस्ने बर्ष ३० को सागर लामालाई सोमवार बेलुका प्रहरीले नियन्त्रणमा लिएको छ
। इलाका प्रहरी कार्यालय मुर्तियाबाट खटिएको प्रहरी टोलीले गस्ति गर्दै जाने
क्रममा उत्तरबाट दक्षिण तर्फ आउँदै गरेको बा.प्र.०२-०२१ प २४४४ नम्बरको मोटरसाइकललाई
चेकजाँच गर्दा लागु औषध गाँजा फेला परेकोले उक्त लागू औषध सहित निजहरुलाई
नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।