स्रोत नखुलेको रकम सहित मानिस नियन्त्रणमा
२०८१-०७-२८
- A
- A-
- A+
\
१. सिरहा, बिष्णुपुर गाउँपालिका ४ स्थितबाट स्रोत नखुलेको रकम रू.१९,००,०००/- (उन्नाईस
लाख रुपैयाँ) सहित देश भारत बिहार राज्य जिल्ला मधुबनी चाना हरलाखी ग्राम पञ्चायत
हरलाखी वडा नं. ८ बस्ने वर्ष २६ को बिष्णु देव यादब, जिल्ला धनुषा जनकपुर
उपमहानगरपालिका ४ बस्ने वर्ष २८ को रमेश साह र जिल्ला धनुषा धनौजी गाउँपालिका ७
भररिया टोल बस्ने वर्ष २० को रवि पासवानलाई मंलवार दिउँसो प्रहरीले पक्राउ गरेको छ
। जिल्ला प्रहरी कार्यालय धनुषाबाट खटिएको प्रहरी टोलीले विशेष सुचनाको आधारमा
भारतबाट नेपाल तर्फ आउँदै गरेको ज १२ प ६४३ नम्बरको मोटरसाइकललाई चेकजाँच गर्दा
निजहरुलाई उक्त रकम सहित नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक
अनुसन्धान गरिरहेको छ ।