बिल बिजक भन्दा बढी खुद्रा सामानहरु सहित ट्रक नियन्त्रणमा
२०८१-०७-३०
- A
- A-
- A+
पर्सा, बिरगंज
महानगरपालिका ८ घण्टाघर स्थितबाट बिलबिजक भन्दा बढी खुद्रा सामानहरु अन्दाजी मुल्य
रु. ८७,६१,६७०/- बराबरको सामान सहित ना.३ ख.६९७१ नम्बरको ट्रकलाई बिहीबार राती
प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरी
टोलीले विशेष सुचनाको आधारमा चेकजाँच गर्ने क्रममा उक्त ट्रकलाई चेकजाँच
गर्दा बिलबिजक भन्दा बढी सामानहरु फेला
परेकोले सामान सहित ट्रकलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि राजश्व अनुसन्धान कार्यालय पथलैया बारामा बुझाएको छ ।