फरार प्रतिवादी पक्राउ
२०८१-०८-०२
- A
- A-
- A+
१.
सिरहा, जबरजस्ती करणी
(पेण्डिङ) मुद्दाका फरार प्रतिवादी नरहा गाउँपालिका ४ बस्ने बर्ष २१ को रमेश कुमार
यादवलाई शनिवार दिउँसो प्रहरीले नियन्त्रणमा लिएको छ । इलाका प्रहरी कार्यालय
नरहाबाट खटिएको प्रहरी टोलीले खोजतलास गर्दै जाने क्रममा निजलाई घर
वतनमा लुकीछिपी बसिरहेको अवस्थामा पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक
अनुसन्धान गरिरहेको छ ।
२.
सप्तरी, अपराधिक उपद्रव मुद्दामा
१ बर्ष ११ महिना ५ दिन कैद र रु. २०,०००/- (बीस हजार रुपैयाँ) जरिवाना भएको फरार प्रतिवादी
कन्चनरुप नगरपालिका ८ कटवारी टोल बस्ने सोनु मण्डललाई आतवार बिहान प्रहरीले
नियन्त्रणमा लिएको छ । इलाका प्रहरी कार्यालय कन्चनपुरबाट खटिएको प्रहरी टोलिले
खोजतलास गर्दै जाने क्रममा निजलाई घर वतन एरियाबाट नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको
छ ।
३.
सप्तरी, डाँका
मुद्दामा ११ महिना १५ दिन कैद र रु. १०,०००/- (दस हजार रुपैयाँ) जरिवाना भएको फरार
प्रतिवादी जिल्ला सप्तरी सुरुङगा नगरपालिका ७ बस्ने वर्ष ३० को नन्दी पासवानलाई आतवार
दिउँसो प्रहरीले नियन्त्रणमा लिएको छ । इलाका प्रहरी कार्यालय कडरबोनाबाट खटिएको
प्रहरी टोलीले गोप्य सुचनाको आधारमा सुरुङगा
नगरपालिका ४ कदमहा चोक स्थितबाट निजलाई नियन्त्रणमा लिएको हो । यस सन्बन्धमा
प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।